Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म साच्चिकै सुन्तला चोर हुँ त ?

Published on 1:39:00 AM //

लौ हेर्नुस् त कती धेरै सुन्तला । तम्घास बजारमा फुटपाथे ब्यापारिहरुले बेच्न राखेका सुन्तलाहरु (पहिलो फोटो) र हागा नै भाच्ने गरेर बोटमै लटरम्म फलेका सुन्तला (दोस्रो फोटो)। यी फोटोहरु हेर्दा पुराना दिनहरुको याद आयो । स्कुल पढ्दाताका घर मुन्तिरको सुन्तलाको बोटमा बतिला लगेदेखि नै खुबै झुम्मिन्थ्यौ हामी ,अनी अलीअली अमिलो पस्न थालेपछी गाउँका भुराहरु मिलेर खुबै हिडिन्थ्यो अरुको बोटमा सुन्तला चोर्न । जिब्रै चर्हाउने गरेर खाइन्थ्यो अमिलो सुन्तला । काँचो होस् वा पाकेको, आफ्नोमा होस् वा अरुकोमा केटाकेटी छदा धेरै पटक चोरियो सुन्तला चोरेको सुन्तला भकारीको धानमा गाडेर ४-५ दिन्सम्म पनि खाइयो । सुन्तला चोरेकै निहुमा कतिपटक त कुटाइ पनि खाइयो । मलाई थाहा छ सुन्तला चोर म मात्र होइन । केटाकेटी छदा अन्जानमै तपाईंहरु पनि थुप्रै पटक सुन्तला चोर बन्नुभएको होला । के छ तपाईंहरुको अनुभव ?

फोटोहरु : तारा भुषाल



Tags:

3 comments

  1. ho bhanya sanju jee! hami pani dherai choriyo suntalaa.......tara hami chor chahi hoina k..... hamile jani jani choreko hoina ni...tyo ta sirf umer ko dosh matra ho k. bachchaa belamaa j pani garinchha ni feri tyo belaako majja nai chhuttai huncha ni hoina??

    ReplyDelete
  2. त्यही त भन्या खुब चोरीयो सुन्तला सानो छदा त,हामीलाई त कुटेको मात्र हो र जुन बोटको सुन्तला चोरेको छ तेही बोटमा पनी रातभरी बाधेर राखेको छ । तर त्यसरी चोरेर खाएको मज्जा नै छुट्टै हुन्छ नि होइन ?

    ReplyDelete
  3. हो सन्जु जी निकै खाइयो कुटाई त तर जती कुटाई खाएपनी चोर्न छोडन भने हैन कयारे ? अती राम्रो शिर्सक छान्नु भएछ तर सुन्तलानै नपाईने ठाउमा भने केरा अंबा अनी जे पायो तेही नै चोरिन्थ्यो होला हैन त ?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग