Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डमा नयाँ बर्ष मनाइयो

Published on 3:34:00 AM //

Gulmi Darshan
नेपाली नयाँ बर्ष २०६६ को अवसर पारेर नेपाल-फिन्ल्यान्ड समाज, फिन्ल्यान्डले हेल्सिन्किमा एक सांकृतिक कार्यत्रम सम्पन्न गरेको छ । वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ हिजो सम्पन्न सो कार्यत्रममा फिन्ल्यान्डमा रहेका नेपाली समुदाय र फिन्निश नागरिक समेतको उपस्थीति थियो ।
हेल्सिन्की स्थित पुओतिलामा आयोजना गरीएको सो कार्यक्रममा करीब २५० नेपालीहरु तथा केहि फिन्निस नागरिकहरुको पनि उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष हेमराज शर्माले स्वागत मन्तब्यका साथ नया बर्षको शुभकामना दिई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । शर्माले संस्थाको तर्फबाट शुभकामना दिंदै फिन्ल्यान्डबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा श्रीमती कोमल पौडेलले देशमा दीगो शान्तिको कामना गर्दै नेपाली - नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ बर्षको कामना गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय गान सहित सुरु भएको कार्यक्रम मोती खरेल र शिव अर्यालले संयुक्त रुपमा सन्चालन गर्नुभएको थियो । सांकृतिक कार्यक्रममा नेपाली पञ्चे बाजा मुख्य आकर्षणको रुपमा रहेको थियो । त्यसैगरी "ठोक न मादल ठोक................", "बनमा फुल्यो फुल.................", "मितिनि ज्यु...............", "पूर्वै जाने रेल...................", "कालो चस्मा लाउ है मैया बिशाल बजारको.................." लगायतका गीतहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । उता सुरिलो स्वरका धनी लोकगायक नबिन भट्टराईले प्रस्तुत गर्नुभएको "दुराडाँडे दाई......", "रुदै रुदै जान्छु मेलैमा..........." लगायताका थुप्रै लोक तथा दोहोरी गीताहरुले पनि दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । त्यसैगरी दिपक अधिकारी र नबिन भट्टराईले प्रस्तुत गर्नुभएको झिल्झिल सितारा बोल्को लोक दोहोरिले पनि दर्शकहरुलाई छमछमी नचाउन सफल भएको थियो । कार्यक्रममा लामो समय देखी फिन्ल्यान्डमा बस्दै आएका एक सिरियाली नागरिकले हबिबी हबिबी बोलको अरबी भाषाको गीत गाएर नेपाली र बिदेशीहरु बिच रहेको सांकृतिक एकताको नमुना प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई फिन्ल्यान्ड स्थित नेपाली होटेल माउन्टेनका धर्म भण्डारीले निशुल्क खानाको ब्यवस्था गर्नुभएको थियो । कार्यक्रम पहिलो औपचारिक कार्यक्रम र दोस्रो साँस्कृतिक कार्यक्रम गरी दुर्इ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा डिनर तथा सांकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो

यो समाचार डिसीनेपाल, नमस्ते यूरोप, नेपाल जापान, नेपाल ब्रिटेन,नेपाल अरब, एसके नेपाल, नेपाल होराइजन्स, नेपाल इजराएल, फ्री नेपाल, नेपाली प्रेस, मलाया नेपाल, एबिसी समाचार, समुद्रपारी अन्लाईन, नेपाली पोस्ट तथा लण्डनबाट प्रकाशित हुने नेपाली साप्ताहिक पत्रीका यूरोपको नेपालीपत्र  लगायत केही वेबसाईटहरुमा प्रकाशित भईसकेको छ भने अन्य थुप्रै वेबसाईटहरुमा प्रकाशित हुने क्रममा छ । 

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग