Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत र टेलिकमको ताला खुल्यो

Published on 1:36:00 AM //

Gulmi Darshan

सेवा प्रभावकारी नभएको भन्दै पत्रकार महासंघ र गुल्मी उद्योग वाणिज्य संघले चारदिन देखि विद्युत र नेपाल टेलिकम कार्यालय गुल्मीमा लगाएको ताला खुलेको छ । 

विद्युत कार्यालयले १५ दिन भित्र विद्युत नियमित गराउने, साउन महिना देखि तम्घास बजारमै महशुल काउण्टर संचालन गर्ने, लोड सेडि·को तालिका परिवर्तनका लागि पहल गर्ने तथा नेपाल टेलिकमले बढीमा आगामी जेठ १५ गतेसम्ममा सबै समस्याहरू हल गर्ने प्रतिबद्धता जनाएपछि ताला खुलेको हो । कालीगण्डकी प्रभावित जिल्ला भएकाले लोडसेडि· मुक्त जिल्ला हुनुपर्ने, विद्युत नियमित गर्नु पर्ने, महशुल काण्टर तम्घास बजारमा हुनेपर्ने तथा टेलिकमका हरेक सेवा प्रभावकारी हुनुपर्ने माग गर्दै पत्रकार महासंघ र उद्योग वाणिज्य संघले दुइ कार्यालयमा चैत ३१ गते देखि ताला लगाएका थिए । दुइ दिनसम्म जिल्ला प्रशासन कार्यालयको भएको बार्ता अनुसार विद्युत कार्यालयले विद्युत तत्काल नियमित गर्ने र अन्य मागका लागि १५ दिनको समय माग गरेपछि राजनीतिक दलहरूको आग्रहमा तालाबन्दी खुलाईएको पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिनुभयो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग