Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मकैको बीउ नआउँदा कृषक मर्कामा

Published on 11:55:00 PM //

Gulmi Darshan

मकै रोप्ने समयमा बीउ नपाएपछि गुल्मीका कारीब ७ हजार कृषक अलपत्र परेका छन् । बीउ आपूर्ति गर्ने ठेकेदारले बिउ उपलब्ध गराउन नसक्ने बताएपछि संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनको राहत कार्यक्रमबाट पनि फाइदा लिन कृषक वञ्चित हुनेछन् ।
दुई गैरसरकारी संस्थामार्फत संयुक्त राष्ट्रसंघले यहाँका २४ गाविसका ७ हजार कृषकलाई मकै, धान, तरकारी र दालको बीउ उपलब्ध गराउन लागेको थियो । तर बीउ आपूर्ति गने ठेकेदारले मकैको बीउ उपलब्ध गराउन नसकेपछि कृषकसहित कार्यक्रम अलपत्र परेको हो । 'कार्यक्रम पाएपछि हामीले कृषकका घर-दैलोमा पुगेर कृषक पहिचान गर्दै बीउ सहयोग आउने आश्वासन बाड्यौं,' नव प्रभात युवा संघ लुम्छाका अध्यक्ष शंकर पन्तले भने, 'दुईपटक पानी परेर पनि बारी सुख्खा भइसक्यो तर बीउ अझै आएको छैन ।' सरकारको आग्रहमा संगठनले १० रोपनीभन्दा कम जग्गा भएका दलित, जनजाति र महिलाका परिवारलाई प्रतिपरिवार मकै १० किलो, धान २० किलो, दाल २ किलो, मल ७ किलो र अढाइ किलो तरकारीको बीउ वितरण गर्ने आश्वासन दिएको थियो ।
वितरणको जिम्मा पाएका गैरसरकारी संस्थाका अनुसार बीउ नपाएपछि आपूर्तिकर्ताले टेन्डरको सम्झौता नै रद्द गरिसकेको छ । अर्को सप्लायर्स नियुक्त गर्न विश्व खाद्य तथा कृषि संगठनको केन्द्रीय कार्यालय भियनाले नै निर्णय गनर्ुपर्ने भएकाले कार्यक्रम अलपत्र परेको हो । 'केन्द्रीय कार्यालयले प्रक्रिया पुर्‍याएर निर्णय गर्दासम्म यहाँका अन्य कृषकहरूका बारीमा मकै फलिसक्ने भए ।' पन्तले भने, 'मकैको कार्यक्रम सफल हुने देखिएन ।' तरकारी, दाल र मल भने आइसकेको उनले बताए । धानको बीउ आउने समय अझै बाँकी नै छ ।
कार्यक्रम छिटो चालू गर्न संगठनले निर्देशन दिएपछि सम्झौता गरे लगत्तै दुवै गैरसरकारी संस्थाहरूले गाउँमा किसानकै घरसम्म पुगेर तथ्यांक संकलन गरी पठाएका थिए । मकैको बीउ कुरेर बसेका विशुखर्क गाविस ६ का कृषक नरीश्वर गौतमले बीउ नपाउँदा खेती प्रभावित भएको गुनासो गरे । ६ रोपनी बारी भएका उनले २०२४ सालदेखिको पुरानो मकैको बीउ रोप्दै आएका छन् । 'बीउ निकै पुरानो भएका कारण नयाँ बीउ कुरेर बसियो,' उनले भने, 'अन्य छिमेकीका बारीमा मकै उमि्रसके, मेरो बारी झन् रित्तै हुने भयो ।' यसअघि उनले ४१ वर्ष अघिको अमेरिकन र ठूलो प्याँले जातको मकै रोप्ने गरेको बताए ।
समाचार साभार: कान्तिपुर
दैनिक फोटो: गूगल

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग