Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२४ वर्षअघि लिएको २५ रूपियाँले अहिले पोल्यो

Published on 4:58:00 PM //

भारतीय एक अदालतले ७५ वर्षे डाक्टरलाइ २४ वर्षअघि २५ रूपियाँ भारू घुस लिएको अभियोगमा जेल हाल्ने आदेश दिएको छ अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रहरीले एक कूचिकारबाट सन् १९८५ मा बालगोविन्द प्रसाद नामक ती डाक्टरले २५ रूपियाँ (५१ अमेरिकी सेन्ट) घुस लिएको बताइएको छ । उनले त्यो घुस ती कूचिकारको मेडिकल सर्टिफिकेट बनाइदिएबापत लिएका थिए ।



त्यसो त सन् १९९२ मा यस घटनामा उनलाइ अदालतले दोषी करार गर्दै एक वर्षे जेल सजाय पनि सुनाएको थियो । त्यसबेला उनी धरौटीमा रिहा भएका थिए । तर गएको मंगलबार बिहारको उच्च न्यायालयले उनको एक वर्षे जेल सजाय घटाएर तीन महिनामा झारिदिएको छ । अदालतले भनेको छ, "घुसको रकम ज्यादै थोरै भएकाले त्यति थोरै रकमका लागि वर्ष दिनको जेल सजाय बढीका कारण त्यो घटाइ तीन महिनामा झारिएको छ ।"

तर अदालतले यो थोरै रूपियाँको भए पनि अपराध नै भएका हुनाले ती डाक्टरलाइ एक पटक हिरासतमा लिनै पर्ने आदेश दिएको छ ।

"थोरै पैसाको लेनदेन भएकाले अदालतले आफूलाइ सहजै छाड्ला भन्ने डाक्टरले ठानेका थिए, तर अदालते थोरैतिनो पैसा भनेर चाहिँ छाडेन भलै यो निर्णय गर्न २४ वर्षे समय लागोस्", सरकारी वकिल विपिनकुमार सिन्हाले रोयटर्सलाइ बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग