Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालिकाको बलात्कारपछि हत्या

Published on 4:03:00 AM //

हीरा कुवँर
बागलुङ बोहोरागाउँ गाविस-६ घर भई हाल गुल्मी जिल्ला तम्घास गाविस-३ बाघमारेमा डेरा गरी बस्ने बमबहादुर नेपालीकी नातिनी १२ वर्षीया लक्ष्मी परियारलाई धुर्कोट वस्तु गाविस-९ का १८ वर्षीय चन्द्रबहादुर विकले ०६६ पुस २५ गते बलात्कारपछि हत्या गरेका छन् ।
ती बालिका हजरबुवा बमबहादुर नेपालीसँग बसी पल्लेदारी काम गर्दै आएकी थिइन् । बालिकालाई स्थानीयवासीले पुस २५ गते बिहान तम्घास गाविस-३ को ओख्रेनी खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयको एक प्रहरी टोलीले बालिकाको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा ल्याएको छ । घटनामा संलग्न चन्द्रबहादुर फरार भएकोले खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक पदमप्रसाद सुवेदीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग