बेपत्ता पतिको खोजी गरिदिन अपिल
Published on
4:15:00 AM //
हीरा कुवँर
फोक्सिङ गाविस-४ की ३६ वर्षीया शर्मिला विकले आफ्ना बेपत्ता पति प्रेमबहादुर विकको खोजीका लागिपहल गरिदिन ०६६ चैत ५ गते स्थानीय शान्ति समिति समक्ष अपिल गरेकी छिन् । समितिले द्वन्द्वपीडित र सरोकारवाबीचमा जोहाङ गाविसको खैरेनीमा आयोजना गरेको अन्तरक्रियाकार्यक्रममा उनले उक्त अपिल गरेकी हुन् । पतिलाई ०५९ जेठ ७ गते पोखरा बाहिनीबाट खटिएको सेनाकोएक टोलीले सुराकीको आरोपमा घरनजिकैबाट गिरफ्तार गरी बेपत्ता पारेको उनले बताइन् ।विभिन्न सरोकारवालाहरूसँग खोजीका लागि पहल गरिदिन आग्रह गरेतापनि हालसम्म अवस्था अज्ञातरहेको समेत उनले बताइन् । शर्मिलाका तीन छोराहरू छन् । छोराहरूलाई विद्यालय पढाउनलाई कतैबाट पनिसहयोग नभएकोमा निकै समस्या परेको उनले गुनासो गरिन ।
0 प्रतिकृयाहरु