Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित महिलालाई सम्बोधन गर्न नसकेको गुनासो

Published on 10:09:00 AM //

सीता भण्डारी 
दलित महिला संघकी केन्द्रिय सचिव कमला विश्वकर्माले सरकारबाट दलित वर्गलाई विनियोजित रकमले स्थानीय स्तरमा दलित महिलाहरुलाई संम्वोधन गर्न नसकेको गुनासो गरेकी छिन ।

दलित महिला संघ गुल्मीद्धारा आयोजित महिलासँग सम्बन्धित कार्यक्रमलाई दलित महिलामुखी बनाउन स्थानीय निकाएको भुमिका विषयक अर्न्तक्रिया कार्यक्रममा सहभागी महिलाहरुलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएकी हुन । गणतन्त्र पश्चात समावेशी सिद्धान्तले गर्दा राज्यको विभिन्न निकायमा दलित महिलाहरुको सहभागीता रहेपनि स्थानीय स्तरमा भने दलित महिलालाई हेर्ने दृष्टिकोणमा भिन्नता नआएको उनले बताईन ।
गुल्मी जिल्लाका १७ वटा गाविसमा क्रियाशील महिला सहभागी रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगदीश चन्द्र नेपालीले पनि आजको युगमा आइपुग्दा समेत दलितले भेदभाव सहि रहनु परेको बताएका थिए । कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनी, महिला विकास अधिकृत जमुना पौडेल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य गौचन धराली, अनेमा संघ गुल्मीकी अध्यक्ष ललिता गौतम, ए नेकपा माओवादीका विशेष इलाका सेक्रेटरी महेन्द्र विसी, नेपाली काँग्रेसका गुल्मीका सभापति सुरेश चन्द्र भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव जमुना श्रीपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संघकीजिल्ला अध्यक्ष कमला बरालको सभापतित्व र ममता सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग