Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-वामी सडक खण्ड अवरुद्ध

Published on 1:39:00 AM //

पी.एम.मगर
आईतवार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडी-वामीटक्सार खडक खण्ड अवरुद्ध वनेको छ ।
वर्षाका कारण आएको पानीले गुल्मीको एक नम्वर क्षेत्र अन्तर्गत उल्लीखोला नजिकैको लेतेखोला र मजुवाको हुग्दिखोलामा वाढी आएको र वीचवीचमा पहिरो गएका कारण उक्त क्षेत्रमा यातायात अवरुद्ध वनेको हो । सडक अवरुद्ध वनेपछि वुटवलवाट वामीटक्सार सम्म जाने सम्पूर्ण सवारी साधनहरु वाटोमै रोकिएका छन् भने सयौँ यात्रुहरु वीच वाटोमै अलपत्र परेका छन् । यसैगरि जिल्ला सदरमुकाम तम्घासवाट जिल्लाको क्षेत्र नम्वर तीन अन्तर्गत संचालन हुने सवारी साधनहरु पनि प्रभावित वनेका छन् । गुल्मीमा आईतवार रातिदेखि पानी परिरहेकोले यहाँको जन जीवन समेत प्रभावित वन्न पुगेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग