Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारिता तालिम शुरु

Published on 1:49:00 AM //

घनश्याम गौतम
गुल्मी जिल्लामा पन्ध्रदिन देखि परिक्षण प्रशारण शुरु गरेको पहिलो सामुदायीक रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्जले तम्घासमा हिजोदेखि रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम शुरु गरेको छ ।
रेडियोहरुको संख्यासंगै रेडियोमा काम गर्ने उद्देश्यले तालिम लिनेहरुको संख्या समेत बढेको छ । हिजो बुधवारदेखि शुरु भएको रेडियो स्काईको तालिममा १ सय २० जना सहभागी छन् । यो संख्या जिल्लामा अहिलेसम्मकै बढी हो । यस अघि रेडियो गुल्मीले आयोजना गरेको तालिममा १ सय ८ जना सहभागी थिए । जिल्लामा संचालित रेडियोहरुको संख्या चार पुगेको छ । यस वर्ष मात्रै रेडियो गुल्मी र रेडियो स्काई संचालनमा आएका छन् । यस अघि रेडियो रेसुङ्गा र रुरु एफ.एम. संचालनमा आईसकेका छन । जिल्लामा सन्चालनमा आएका रेडियो मध्य रेडियो स्काइ एक मात्र सामुदायिक रेडियो हो, अन्य तीन ब्यवसायिक रेडियो हुन ।  
अन्य संघ संस्थाहरुले आयोजना गर्ने तालिमहरुमा ३०-४० जनाको सहभागिता हुने गरेको भएपनि रेडियोहरुले रोजगारीको ग्यारेन्टी सहितका तालिम संचालन गरेपछि रेडियोकर्मी र पत्रकार बन्न चाहनेहरुको संख्या एक्कासी बढेको आयोजकहरुले जनाएका छन् । रेडियो गुल्मीले संचालन गरेको
तालिमबाट उत्कृष्ट हुनेहरु मध्ये १० जनालाई रोजगारी दिएको छ भने सामुदायीक रेडियो स्काईले ५ जनाका लागि रोजगारीको ग्यारेन्टी गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग