Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारीद्वारा कार्यालयमा तालावन्दी

Published on 7:46:00 PM //

पी.एम.मगर
महिला विकास कार्यालय गुल्मीका कर्मचारीहरुले आज शुक्रबारदेखी कार्यालयमा अनिश्चितकालीन तालावन्दि गरिदिएका छन् ।
विगत तीन वर्षदेखि महिला विकास कार्यालय गुल्मीमा कार्यरत अस्थाई महिला कर्मचारीहरुलाई महिला विकास विभागले साउन एक गतेदेखि कार्यालयमा हाजिरी नगराउनु भनि महिला विकास अधिकृतलाई मौखिक आदेश गरेपछि त्यसको विरोध गर्दै उनीहरुले आजदेखि कार्यालयमा तालावन्दि गरि आन्दोलन शुरु गरेका छन् ।
उनीहरुले एक विज्ञप्ती जारी गरि लैङ्गिक संवेदनशील क्षेत्रमा कार्यरत महिला कर्मचारीहरुलाई अन्यायपूर्ण व्यवहार गरि महिलाहरु माथि हुने हिंसालाई थप वढावा दिएको वताएका छन् । उनीहरुले विगतका वर्षहरुमा गरिआए जस्तै सेवालाई निरन्तरता दिन समेत आग्रह गरेका छन् ।
महिला विकास अधिकृत जमूना पौडेलले भने विभागवाट मौखिक आदेश मात्र आएको तर कागजि रुपमा परिपत्र नआउँदासम्म कर्मचारीहरुलाई हाजिर गरी काम गर्न आग्रह गरेको वताउनु भएको छ । कार्यालयमा तालावन्दि गरिदिएर कार्यालयको कामकाज ठप्प वनेको
छ । गुल्मी जिल्लामा अहिले पाँचजना मात्र अस्थायी महिला कर्मचारीहरु रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग