Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लामा यातायात अबरुद्द, दैनिक उपभोग्य बस्तुको मुल्य आकाशियो

Published on 12:07:00 AM //

घनश्याम गौतम
बर्षाका कारण यातायात अबरुद्धसंगै गुल्मीका ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ ।

सडक अबरुद्ध भएपछि व्यवसायीहरुले गोदाम गरी राखेको दैनिक उपभोग्य सामाग्रीहरुको मुल्य दुई गुनासम्म बढाएका छन् । तरकारी, चामल, चिनी, बेसार, तेल लगायतका सामाग्रीको मुल्य आकासिएको गाउ“लेहरुको गुनासो छ । ‘बाटो बन्द हुनासाथ सामान किन्ने नसक्ने गरी मंहगो भयो ।’, मर्भुङ्गका सर्वसाधरण लालबहादुर जि.सी.ले भने, ‘चिनी, तेल, चामल, बेसार किनिसक्नु छैन ।’ चिनीमा प्रतिकिलो १० रुपैंयासम्म, १५ रुपैंयामा पाईने सय ग्रामको बेसार ३५ रुपैंया, १ सय ३० रुपैंयामा पाइने धारा तेल १ सय ६० रुपैंया पर्ने गरेको जि.सी.ले बताए । व्यवसायीहरुले भने खोला र पहिरोका कारण सामान बोकाएर ढुवानी
गर्नुपर्ने भएपछि सामानहरुको पनि सोही अनुसार मुल्य बढेको दावी गर्ने गरेका छन् । गाउ“संगै तम्घासमा समेत दैनिक उपभोग्य सामाग्रीको मुल्य बढेको छ । स्थानीय स्तरमै उत्पादन हुने तरकारीको मुल्य समेत बढेको छ । एक साता अघिसम्म ४० रुपैंया किलो पाईने टमाटर अहिले बढेर ८० रुपैंया किलो पुगेको छ ।
लगातारको बर्षाले खोला बढेको र ठाउँ ठाउँमा गएको पहिरोका कारण जिल्लाको दोस्रो ठुलो सडक रिडी रुद्रवेणी वामीटक्सार खण्डको अस्लेवा गाविसको लुम्दीखोला, जुनिया गाविसको भार्से खोला र तुराङ्ग गाविसको हुग्दी खोला बढेका कारण सवारी साधन बिच बाटोमा रोकिने गरेका छन् । खाध्यान्न ढुवानी गर्ने ट्रकहरु समेत सुचारु हुन नसक्दा त्यस क्षेत्रका दर्जनौं गाविस र बाग्लुङ्गका एक दर्जन गाविसमा पनि दैनिक उपभोग्य सामाग्रीको मुल्य बढेको उपभोक्ताको गुनासो छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग