Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तरवाली खेतीतर्फ आकर्षण

Published on 2:53:00 PM //

 – सीता पाठक 
परम्परागत प्रविधिबाट खेती गर्दै आएका यहाँका कृषकहरु एकैपटक दुई खेतीबाट मनग्यै आम्दानी हुन थालेपछि अन्तरबाली खेती प्रणालीतर्फ आकर्षित भएका छन्। कृषकहरुले आफूसँग भएको सीमित जग्गामा मुख्य बाली मकै लगाउँदा त्यसभित्र अदुवा, बेसारलगायत जरे बाली र मुख्य बाली गहुँ लगाउँदा अन्तरबालीको रुपमा चना, केराउ लगाउने गरेक छन्। थानपति गाविसका कृषक श्याम ज्ञवालीका अनुसार उनीसँगै गाउँका केही कृषकहरुले कृषि विकास कार्यालयले लागेको पाल्पा, पोखराको भ्रमणबाट गाउँमा यस्तो प्रविधि भित्र्याएका हुन्। अहिले भने उनीहरुको सिको गर्दै गाउँभरि नै यस्तो प्रविधाबाट खेती गर्न थालिएको उनले बताए। एकै पटकमा दुई खेती गर्दा आम्दानी बढ्छ। ज्ञावली भन्छन्, उत्ति नै मेहनतमा मकैबाट घर खर्च चलाउन पाइने र अदुवा, बेसार बिक्रीबाट राम्रो आम्दानी हुने रहेछ। उनले मुख्य बालीबाट वर्षमा १ लाख आम्दानीसम्म छुट्टै आम्दानी हुने गरेको बताए।   

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग