Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वृक्षारोपण कार्यक्रम सम्पन्न

Published on 2:54:00 AM //

पि. एम. मगर
नेपाल जुनियर रेडक्रस सर्कल शारदा माध्यमिक विद्यालय रुपाकोट गुल्मीको आयोजनामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।


     रुपाकोट गाविसको वार्ड नं. ८ स्थित खसीमारे मुहान वरीपरी खिरुवा, गलैंची, वांस, चिलाउने, टुनी लगायतका जातका करीव २ सय विरुवा लगाईएको सर्कलले जनाएको छ । वातावरणलाई स्वच्छ हरियाली राख्न खानेपानीको मुहानलाई वचाई राख्न साथै वृक्षारोपणतर्फ सवैको ध्यान जाओस भन्ने अभिप्रायका साथ वृक्षारोपण गरिएको उनीहरुले वताएका छन् । कार्यक्रममा नेपाल जुनियर रेडक्रस सर्कलका संरक्षक प्रधानाध्यापक नायक मेघराज न्यौपाने नेपाल रेडक्रस सर्कल उपशाखा रुपाकोटका सदस्य खिमराज भण्डारी लगायत जुनियर सर्कलका संपुर्ण पदाधिकारी तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।

त्यसैगरी  वाँझकटेरी गाविसमा रहेको वाँझकटेरी माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । विद्यालयका संपुर्ण शिक्षक तथा विद्यार्थीहरुको सकि्रयतामा लाकुरी सल्ला चन्दन अमि्रसो फुलहरु लगायतका करिव ४ सय वरावरका विभिन्न जातका विरुवाहरु रोपिएको छ । प्रयावरणलाई हराभरा र हरियाली वनाउन साथै समुदायलाई समेत वृक्षारोपणतर्फ उत्तप्रेरित गर्न यसले महत्वपुर्ण भुमिका खेल्ने विद्यालयका निमित्त प्रधानाध्यापक प्रेमचन्द्र भुसालले वताउनुभएको छ । वृक्षारोपणवाट वाँझकटेरी मावि वरीपरीको भुक्षयलाई रोक्नुका साथै वातावरणलाई हरियाली वनाउनु टेवा पुग्ने उहाँले वताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग