Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी जवान प्रहरीचौकी कै नियन्त्रण्मा

Published on 7:44:00 PM //

पी.एम.मगर
 गुल्मीको वामीटक्सारमा सिभिल ड्रेसमा रहेका वाग्लुङ्गको खर्वाङ्ग प्रहरीचौकीका एक जवान वामी प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् ।


      मदिरा सेवन गरी स्थानीयवासिन्दालाई धम्क्याउँदै हिड्ने ती प्रहरी जवान गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको आदेशमा नियन्त्रणमा लिईएको हो । गुल्मीको सिमानासँगै जोडिएको वाग्लुङ्गको खर्वाङ्ग प्रहरीचौकीमा कार्यरत प्रहरी जवान रमेश जिसीले वामीटक्सारको जीप पार्क क्षेत्रमा मदिरा सेवन गरी स्थानीयवासीलाई धम्क्याईरहेको वखत प्रमुख जिल्ला अधिकारी अर्यालले उनलाई फेला पार्नुभएको थियो ।

      आफ्नो विशेष कामले वामीटक्सार पुग्नु भएका प्रमुख जिल्ला अधिकारी अर्याल चढेको गाडीलाई समेत रोकेर धम्क्याउन खोजेपछि उहाँले प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीलाई तत्काल फोन गरी ती जवानलाई नियन्नत्रणमा लिन आदेश दिनुभएको थियो । प्रहरी जवान रमेश अहिले वामी प्रहरीचौकीको नियन्त्रणमा छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग