Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षतिग्रस्त प्रहरी कार्यलयको पुननिर्माण शुरु

Published on 2:46:00 AM //

घनश्याम गौतम
द्धन्द्धकालमा क्षतिग्रस्त प्रहरी चौकीहरुको निर्माण कार्य शुरु भएको छ । रिडी इलाका प्रहरी कार्यालयको भवनको विहिवार प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले शिलन्यास गरेका छन् ।

जिल्लाको प्रवेशद्वार समेत मानिने रिडीको प्रहरी कार्यालय २०६१ साल फागुनमा माओवादीले बम बिस्फोट गराई ध्वस्त बनाएका थिए । प्रहरी जवान आवास गृह, कार्यालय र भान्सा घर सहितको दुई तले पक्की घर निर्माणका लागि सरकारले ७५ लाख उपलब्ध गराएको छ । सरकारले क्षतीग्रस्त शान्तिपुर प्रहरी चौकीको भवन निर्माणका लागि समेत प्रकृया शुरु गरेको छ । भवनको शिलन्यास गर्दै प्रजिअ अर्यालले सरकारले द्वन्द्वमा ध्वस्त भएका मध्ये पहिलो भवन निर्माण शुरु गरेकामा यसलाई नमुनाका रुपमा निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले भवन निर्माणमा सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गर्दै जनसहभागितामा निर्माण गरिएको संरचना दिगो हुने बताए । कार्यक्रममा निमित्त प्रहरी प्रमुख ओमप्रकाश चौधरी, पत्रकार महासंघका पुर्व सभापती हरिकुमार श्रेष्ठ, पुर्ननिर्माण स्थानीय सहयोग समितिकी सदस्य धना राना, ओम शान्ति रुरु केन्द्रकी प्रमुख ब्राह्मकुमारी गोमा अधिकारी, पण्डित टंकनाथ खनाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग