Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिस रुप्पे पाथी माटो

Published on 1:13:00 AM //

 प्रेम सुनार 
मोहर पाथी मकै बुढापाकाहरुले बेचेको पनि सुनियो तर अहिले हाम्रा पालामा अन्नको त कुरै छाडौ माटो समेत तिस रुप्पे पाथीमा बिकि्र हुन थालेको छ । गुल्मीको अमरपुर गाविसमा पर्ने दशैमा घर लिप्नका लागि प्रसिद्ध स्थान राङदाल -बुल्माको रातो माटो यतिबेला सदरमुकाम तम्घासमा धमाधम तीस रुप्पे पाथीमा बिकि्र बितरण भईरहेको छ । त्यो पनि नपाएर कतिपयले पहिले नै अडर बुकिङ्घ गरिरहेका छन । केहि बर्ष अघिसम्म राङदाल र बुल्माका कुमाल समुदायले त्यही माटोबाट घैटामटुला लगायतका माटाका भाडाहरु बनाएर जिवीकोपार्जन गर्दथे । तर आजकल उक्त पेसाबाट पलायन हुदै ती समुदायहरुले तम्घास लगायतका बिभिन्न शहर एवं गाउँहरुमा उक्त माटो बेचेर राम्रो आम्दानी गर्न थालेका छन ।
    तिस रुपैया पाथी माटो महङ्घो भएन र भन्ने प्रश्नमा उक्त ब्यवसाय गर्ने बुल्माका राम बहादुर कुमाललेू के चिज छोईसकनु छ र भन्ने प्रतिपश्न गदै भने हामीलाई यहि माटो ल्याउदा गाडीले प्रति बोरा ६० रुपैया लिने गर्छन त्यस माथी यसपालीबाट राङदलको एक समितीले एक क्ा माटो उठाउदा तिस रुपैया कर लिन थालको छ अव आफुहरु यो माटो बोकेर पेट पाल्न पनि नसकिने अवस्थामा पुगेका छौ ू ।
     गाउँ समाज यति सुख्ख भोगी हुन थाल्यो की केहि बर्ष अघिसम्म यो दशैताका प्रत्येक गाउँ र घरबाट सोही स्थानमा माटो लिन जानेहरुको घुईचो लाग्थ्यो । डोकोमा खाजा नास्ता बोकेर उज्यालो हुदाँ त्यहाबाट माटो बोकेर को पहिला फर्कने भन्दै एक अर्कामा प्रतिस्पर्धा गदर्थे । माटो बोकेर फर्कदा खाजा खाने स्थानमा एउटा मेला जस्तै रमाईलो हुने गर्दथ्यो । मन मिल्ने दौतरीहरु दोहोरी हानाहान गदै बाटो काटदर्थे । आजकाल त्यो एउटा इतिहास जस्तै बन्न पुगेको छ । जमाना कति चाडो बदलियोकी ठिक त्यसरी आजकाल बुल्ममा माटो लिन जानुको साटो मानिसहरु यतिबेला बजारमा कहाँ पाईन्छ माटो भन्दै किन्न लाम लाग्ने गरेका छन । यस्तै हो भने त सायद भोलीका दिनमा गाउँबाट पनि दाउँरा घाँस किन्न पनि बजार आउने अवस्था नआउला भन्न सकिन्न । किनकी आजकल गाउँका घर-घरमा बनाईने डोका नाम्ला र दाम्ला समेत आजकाल बजारमा किन्न नआई सुख छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग