Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रजिअको कार्यकक्षमा दुर्गन्ध फैलिएपछि

Published on 6:47:00 PM //

घनश्याम गौतम 
गुल्मीका प्रमुख जिल्ला अधिकारीलाई दसैंपछि खुलेको पहिलो दिन कार्यकक्ष बाहिरै बस्न बाध्य बनाएको छ ।

दसैं बिदापछि बुधबार बिहान १० बजे कार्यालय खुल्नासाथ भित्र पसेका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल एकाएक बाहिर निस्के र खोजी गरे कार्यालय सहयोगीको । कार्यकक्षभित्र बस्नै नसक्ने गरी दुर्गन्ध आएपछि बाहिरिएका उनी कार्यालय सहयोगीहरूलाई दुर्गन्धको कारण पत्ता लगाउन निर्देशन दिए र आफू पनि खोजी कार्यमा जुटे । प्रजिअको कार्यकक्षमा बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको हल्लाले प्रशासनमा सञ्चारकर्मीदेखि राजनीतिकर्मी, सेवाग्राही, कर्मचारी, प्रहरी प्रमुखको समेत भीड बढ्यो । प्रजिअसहित कार्यालय सहयोगी, कर्मचारी, प्रहरीले डेढ घन्टाको खोजीपछि दुर्गन्धको कारण फेला पारे 'मरेको मुसो' ।

'सोफाको भित्र मुसो मरेको रहेछ,' प्रशासनका कार्यालय सहयोगी जगाधर बञ्जाडेले भने, 'सोफामुनि गएर मरेकाले खोज्दा खोज्दै डेढ घन्टा बित्यो ।' मुसो मरेर कीरासमेत परेकाले बढी गन्हाएको उनले बताए ।

प्रजिअ अर्यालले भने भवन निकै पुरानो भएकाले मुसाले धेरै सताएको बताए । 'बस्नै नसक्ने भएपछि बाहिर बसेर काम गरियो,' प्रजिअ अर्यालले भने, 'मुसा मरेको रहेछ, सफा गरेर फिनाएल छर्केका छौं ।' प्रशासन भवन जीर्ण बन्दै गएकाले वषर्ातको समयमा पानीले र हिउँद सुरु भएपछि मुसाले सताउने गरेको प्रजिअ अर्यालले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग