Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकार शिक्षाबारे परिचयात्मक कार्यक्रम सम्पन्न

Published on 2:04:00 AM //


नरेश भण्डारी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालयको आयोजनामा ०६७ कात्तिक १५ गते अर्खलेगाविस-९ मा मानवअधिकार शिक्षासम्बन्धी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेकले यसै आर्थिक वर्ष ०६७/०६८ देखि सञ्चालन गरेको मानवअधिकार शिक्षा कार्यक्रमबारेस्थानीय सरोकारवाला निकायबीच परिचय तथा छलफल गरिएको थियो ।

इन्सेकले जिल्लाका अर्खले र सिमिचौर गाविसमा मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालन गरीमानवअधिकार र बालअधिकारका बारेमा सचेतना पुर्‍याउँदै आएको छ । कार्यक्रममा इन्सेकका स्थानीयसहजकर्ता शान्ता पोखरेलले सहजीकरण गरेकी थिइन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग