Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँलेले जालमै थुने चितुवा

Published on 3:07:00 AM //

घनश्याम गौतम
बाख्रा र कुखुरा खाएर सताएपछि मार्न थापिएको जालमा परेको चितुवालाई गाउँलेले जिउँदै थुनेर राखेका छन् ।


बलेटक्सार-४ का उत्तमबहादुर क्षेत्रीले घर नजिकै थापेको जालमा मंगलबार राती चितुवा बल्झेको थियो । स्थानीय बासिन्दाले मार्न माग गरेपनि बन कार्यालय र स्थानीय प्रशासनले स्वीकृती नदिएपछि गाउँलेले चितुवा जालमै थुनेर राखेका हुन् । चितुवालाई त्यसै छोड्न समेत गाउँलेले इन्कार गरेका छन् ।

त्यसै छोड्दा चितुवा पुनः गाउँमा आएर बाख्रा र कुखुरा खाएर सताउने भएकाले मार्न गाउँलेले आग्रह गरेका छन् । तर बन कार्यालय र स्थानीय प्रशासनले भने नमारी त्यसै छोड्न आग्रह गरेको छ । 'छोड्न आग्रह गरेको गाउँलेले मानेनन्', जिल्ला बन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले भने, 'विहिवार गाउँमै पुगेर निरीक्षण गरेपछि एउटा निर्णय गर्नुपर्ला ।'

जाल थाप्ने उत्तमबहादुरले भने आफ्नो कुखुरा फार्ममा पसेर दर्जन भन्दा बढी कुखुरा खाएर सताएकाले चितुवालाई त्यसै छोड्न नसकिने बताए । 'बन बिरालोले बढी सताएको हो', उनले भने, 'तर जालमा बन बिरालो नपरी चितुवा बल्झियो ।', चितुवालाई त्यसै छोड्दा मानिसलाई पनि झम्टन सक्ने र फेरी गाउँमै बाख्रा कुखुरा खाएर सताउने भएकाले आफुहरु त्यसै छोड्न राजी नभएको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग