Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्रामीणमुखी बन्दैछ रेसुङ्गा

Published on 4:01:00 PM //

 गुल्मी जिल्लामा छरिएर रहेको पुँजीलाई एकीकृत गरी आधुनिक र सुविधा सम्पन्न बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएको रेसुङ्गा विकास बैङ्क लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ ।

नेपाल राष्ट्र बैङ्कबाट 'ख' वर्गको इजाजत प्राप्त गरी वित्तीय कारोबार गर्ने स्वीकृत प्राप्त रेसुङ्गा विकास बैङ्क लिमिटेडले २०६४ असोज ९ गतेदेखि विधिवतरूपमा नियमित कारोबार सुरु गरेको हो । स्थापना कालमा एक करोड ८० हजार रुपियाँ चुक्ता पुँजी रहेको उक्त बैङ्कको हाल आएर तीन करोड छ लाख चुक्ता पुँजी रहेको छ । यस बैङ्कमा आ.व. २०६६/०६७ कात्तिक अन्तिमसम्ममा आˆना १३ हजार ७७५ जना ग्राहक बनाइसकेको छ । बैङ्कको निक्षेप रकम हालसम्म ४५ करोड ३७ लाख ७७ हजार सात सय रुपियाँ रहेको बैङ्कका नायब प्रबन्धक सार्जन भट्टराईले बताउनुभयो । यस बैङ्कको प्रधान कार्यालय जिल्ला सदरमुकाम तम्घासमा रहेको छ भने सदरमुकाम बाहिर ग्रामीण क्षेत्रको व्यापारी केन्द्र छोपेर वामिटक्सार, शान्तिपुर, खैरेनी, बलेटक्सार, मजुवा, सिमलटारी गरी छ ठाउँमा शाखा विस्तार गरी उपभोक्तालाई सेवा प्रधान गर्दै आएको बैङ्क सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस बैङ्कले वैदेशिक विप्रेषणमार्फत हालसम्म एक अर्ब २० करोड ८२ लाख ७७ हजार छ सयको वित्तीय कारोबार गरेको छ ।

उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले ग्रामीण क्षेत्रका बासिन्दाहरूको आर्थिक, सांस्कृतिक, शैक्षिक विकासका लागि विभिन्न लक्ष्य लिएको बताउनुभयो । त्यसै अवसरमा बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत व्यवस्थ्ापन सङ्कायमा उ.मा.वि. शिक्षा उत्तीर्ण गर्ने दुई जना छात्रछात्रालाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरूमा रुङ्खदह उ.मा.वि. वीरवासका छात्र जीवन परियार तथा जनता उ.मा.वि. अस्लेवाकी मल्लिका श्रेष्ठ रहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग