Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेस चौतारीको जिल्ला अधिवेशन सम्पन्न

Published on 1:34:00 AM //

 प्रेस चौतरी नेपाल, जिल्ला शाखा गुल्मीको चौथो जिल्ला अधिवेशन तीन बुँदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय कमिटीका अध्यक्ष गगन विष्टको प्रमुख आतिथ्यमा विहीबार तम्घासमा सम्पन्न भएको छ ।


भेलाले ज्ञान बहादुर महतराको अध्यक्षतामा १२ सदस्यीय प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा लोकनाथ आचार्य, सचिवमा शिवलाल सुवेदी, कोषाध्यक्षमा गरिमा पन्थी रहेका छन् भने सदस्यहरुमा सान भुसाल, विनोद न्यौपाने, अर्जुन भण्डारी, नारायण मरासिनी, मनोज पन्थी, सीता भण्डारी र प्रतीक्षा शर्मा रहेका छन् । भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र अर्याल, महासचिव विष्णु रिजाल, एमाले जिल्ला अध्यक्ष बोम बहादुर खड्का, उपाध्यक्ष मधुकृष्ण पन्थ, प्रचार विभाग प्रमुख शेषकान्त गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज मुकेश पोख्रेल, प्रेस चौतारी नेपालका क्षेत्रीय सदस्य हरि प्रसाद पोखरेल, पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरे र प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाली कांग्रेस गुल्मीका उपसभापति शालिकराम पन्थी, लगायत अन्य राजनीतिक दलका प्रतिनिधिह�ले मन्तव्य राखेका थिए ।

साथै सोही अवसरमा प्रेस चौतारी नेपाल गुल्मीले स्थापना गरेको स्व.कृष्ण प्रसाद आचार्य स्मृति पुरस्कारबाट कान्तिपुर पब्लिकेशन जिल्ला प्रतिनिधि गुल्मीन्युजका सहयोगी युवा पत्रकार  घनश्याम गौतमलाई सम्मान समेत गरेको छ । उक्त पुरस्कारको राशी ५ हजार र प्रमाण पत्र रहेको छ । सम्पन्न अविधेशनले तीन बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

भनिएको समयमै नयाँ  संविधान निर्माणका लागि जिम्मेवार बन्न सम्पूर्ण राजनीतिक दलह�लाई आग्रह गर्दै नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न माग, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा जोड दिंदै जिल्लामा रहेका सबै सञ्चारगृह र जिल्लाबाट बाहिर प्रतिनिधिको रुपमा  कार्यरत पत्रकारहरुको पेशागत सुरक्षा र श्रमजीवी ऐन अनुसार पारिश्रमिक उपलब्ध गराउने, देशका विभिन्न ठाउँमा कार्यरत सञ्चारकर्मीमाथि भइरहेका आक्रमणप्रति खेद व्यक्त गर्दै सञ्चारकर्मीको पेशागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेण्टी गर्न यो सम्मेलनले सम्बन्धित निकायको ध्यानकर्षण गराएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग