Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो उद्घोषण , पत्रकारीता तथा प्राबिधीक तालिम शुरु

Published on 7:38:00 PM //

गंगा राम पाण्डे
एमटिन नेपालको आयोजनामा आजदेखि गुल्मीको सदरमुकाम तम्घासमा एक हप्ते रेडियो उद्घोषण , पत्रकारीता तथा प्राबिधीक तालिम शुरु भएको छ ।

पत्रकारीता तालिमको उद्रघाटन गदै प्रमुख अथिती पत्रकार महासघं गुल्मीका सभापती जनादर्न घिमीरेले दक्ष जनशक्तिको जुनसुकै स्थानमा पनि आवश्यकता रहेको बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष जिडी जोन्स रियाजले सँस्थाको बारेमा जानकारी गराउदै यस सँस्थाले आगामि
दिनमा मैन बत्ती बनाउने, साबुन बनाउने, जस्ता बिभिन्न तालिमहरुको सञ्चालन गर्ने बताउनु भएको थियो । पछिल्लो समयमा सञ्चार क्षेत्रमा भएको विकास सगै यस क्षेत्रमा काम गर्न चाहनेहरुको चाप बढेकाले तालिम अवधिभर अनुशासित भएर तालिम लिन सहभागीहरुलाई स्वागत गर्दै सँस्थाका उपाध्यक्ष शिब सुबेदीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी किशोर रायमाझी ,समाजसेवी कर्ण बहादुर बुचा मगरले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । आज देखि शुरु भएको रेडियो उद्घोषण तथा पत्रकारीता तालिम पुस २१ गते सम्म र रेडियो प्राविधिक तालिम पुष ३० गते सम्म चल्ने छ । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष जिडी जोन्स रियाजको सभापतित्व र सहसचिव टोपलाल अर्याललको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग