Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टेलीसेन्टरको सेवा प्रभावकारी वनेन

Published on 7:48:00 PM //

पी.एम.मगर
ग्रामिण भेगका जनतालाई सुचनाको पहुँच वढाउनका लागि जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले गाउँ गाउँमा टेलीसेन्टर स्थापना गरेपनि जनताले सेवा पाउन सकेका छैनन ।

ग्रामिण भेगका सर्वसाधारणलाई लक्षीत गरी स्थापना गरिएको टेलीसेन्टर सेवामा स्तरीय नभएपछि सर्वसाधारण सेवावाट वञ्चित हुँदै आएका हुन् । जिल्लाको ठाडा, खन, पाली, अर्घातोष र खिदीम इलाका हुलाक कार्यालयमा जडान गरिएको टेली सेन्टरमा इमेल इन्टरनेट, नेटफोन, फ्याक्स सुविधा नभएपछि सर्वसाधारणहरु सेवावाट वञ्चित भएका हुन । सर्व साधारणाई सस्तो दरमा टेलिफोन, फ्याक्स, फोटोकपी, इमेल इन्टरनेट, कम्प्यूटर सेवावाट सुचनाको पहुँच वढाउनका लागि यो सेवा विस्तार गरिएको थियो । तर सेवा प्रभावकारी नभएपछि टेली सेन्टर खुल्दा खुशी देखिएका स्थानीयवासी यतिवेला निक्कै उदासिन देखिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग