‘माओवादी हतियार बिहिन नभै शान्ति स्थापना हुन्न’ : देउवा
Published on
6:09:00 PM //
घनश्याम गौतम
नेपाली कांग्रेसका बरिष्ट नेता एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी हतियार विहिन र लडाकु समायोजन नभएसम्म शान्ति स्थापना नहुने बताएका छन् ।
![]() |
| काँग्रेस नेता शेर बहादुर देउवालाई रिडिमा स्वागत गर्दै स्थानिय कार्यकर्ताहरु । फोटो सौजन्य: Ruru Ridi Network |
कांग्रेस महाधिवेशन प्रतिनिधि फणिन्द्र भण्डारीको मृत्युको १३ दिनको पुण्य तिथिको अवसरमा बुधवार तम्घासमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले हतियार सहितका माओवादीसंग एमालेले सत्ताकै लागि शान्तिको सौदाबाजी गरेको आरोप लगाए । माओवादी हतियारकै कारण गिरिजा बाबुको शान्ति स्थापनाको सपना पुरा हुन नसकेको उनको भनाई थियो । ‘हतियार सहितका माओवादीलाई सत्ता दिएर शान्ति स्थापना हु“दैन’, उनले भने, ‘त्यसलैले सत्तालाई केन्द्र बिन्दुमा राखेर दुई पार्टीले गरेको ७ बुँदे गोप्य सहमति आपत्तिजनक छ ।’ श्रद्धाञ्जली सभामा झण्डै छ मिनेट बोलेका उनले प्रजातन्त्रको खिलाफमा नेपाली कांग्रेस कहिल्यै लाग्न नसक्ने समेत बताए ।










