Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सेवा सञ्चारको गठन, सहयोगको आग्रह

Published on 2:19:00 PM //

गगनशिला खड्का
सुचनाको पहुँचलाई अझ प्रभावकारी रुपमा गाउँ-गाउँ सम्म पुर्याउने उदेश्यले गुल्मी जिल्लामा पहिलो पटक सेवा सञ्चार गुल्मी नामक संस्थाको गठन गरिएको छ । गुल्मी जिल्लामा क्रियाशिल सञ्चारकर्मी र पत्रकारहरुको सहभागीतामा गठित संस्थाको अध्यक्ष गंगा खड्का, उपाध्यक्षमा गगनशिला खड्का, सचिब भरत पाण्डेय, सहसचिब गणेश सारु, कोषाध्यक्षमा सृजना खड्का र सदस्यहरुमा राजु नेपाल, मनोज पन्थी रहनुभएको छ ।
भर्खरै गठन गरिएको संस्थाले गुल्मी जिल्लामा सुचना र सञ्चारको क्षेत्रमा विषेश काम गर्ने र सुचनाको पहुँचबाट टाढा ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरेर कार्यक्रम गर्ने संस्थाका अध्यक्ष गंगा खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काले संस्थाले पर्यटन वर्ष २०११ को सन्दर्भमा गुल्मी
जिल्लामा रहेका पर्यटकिय सम्भावना बोकेका स्थानहरुलाई नेपालभित्र र वहिर चिनाउनको लागी काम गर्ने पनि बताउनुभयो । साथै संस्थाले आगामी दिनमा सञ्चारको क्षेत्रमा मात्र नभई अन्य महिलाको स्तर उन्नती, दलित, जनजाती, पिछडिएका ब्याक्तिहरुका लागी पनि काम गर्ने लक्ष्य रहेको खड्काले बताउनुभयो।
उहाँले यी सबै काम गर्नको लागी संस्थाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले गुल्मी जिल्लामा जन्मेर नेपाल भन्दा बाहिर रहने दाजुभाई दिदिबहिनीहरुको लागी सहयोग गर्न आग्रह गनुभएको छ । उहाँले विदेशमा रहने दाजुभाई दिदिवहिनीहरुको महत्वपुर्ण सहयोग रहने बताउदै खड्काले संस्थाको कामका लागी सहयोग गर्ने ब्याक्तिहरुलाई विषेश अवसर पारेर सम्मान गरिने समेत जानकारी दिनुभयो । उहाँले यदि संस्थालाई सहयोग गरि संस्थाको आजिवन सदस्य हुन चाहने ब्याक्तिहरुलाई खुल्ला दिलले स्वागत गर्ने समेत बताउनुभयो ।
संस्थाका उपाध्यक्ष गगनशिला खड्काले राज्यका चौथो अङ्गको रुपमा रहेका पत्रकारहरुको साथमा हात मिलाउन चाहने जुनसुकै ब्याक्तिहरुलाई पनि संस्थामा स्वागत गर्नै बताउनुभयो । उपाध्यक्ष खडकाले सञ्चारको माध्यमबाट जिल्लामा भएका राम्रा नराम्रा गतिविधीको विषयमा नागरिकका विच सत्य तथ्य सुचना जानकारी गराउनुका साथै युवा बर्गको हितका लागी काम गर्ने बताउनुभयो।साथै गुल्मी जिल्लामा रहेका किसान, दन्द्धपिडितका लागी पनि आवाज उठाउने संस्थाको उदेश्य रहेको बताइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग