Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अध्यक्षमा पुन सर्तुङ्गी

Published on 11:18:00 AM //

सीता भण्डारी
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलन गुल्मीको दोस्रो जिल्ला अधिवेशनले पुनः छविलाल सर्तुङ्गीलाई नै अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । हिजो देखि सदरमुकाम तमघासमा सुरु भएको दोस्रो जिल्ला अधिवेशनको वन्द सत्रले वलिथुम गाविसका सर्तुङ्गीको अध्यक्षतामा ९ सदश्यीय अखिल नेपाल जनजाति सम्मेंलन जिल्ला कार्यसमिति गुल्मीको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मित्रलाल तरामु ठुलोलुम्पेक, सचिव गुमानसिंह पुनमगर हर्दीनेटा, सहसचिव कमल पुलामि जोहाङ्ग र कोषाध्यक्षमा चक्रसुन्दर काउछा, हाडहाडे सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सदश्यहरुमा विष्णु माझि, मनवहादुर दर्लामि, झरना पुन, लालवहादुर काउछा र बैकल्पिक सदश्यहरुमा तेजवहादुर बलाल, गमवहादुर गुरुङ्ग रहनुभएको छ ।
यसैगरि अधिवेशनले नरवहादुर माझकोटीको संयोजकत्वमा शुसिला सर्तुङ्गी, ठगवहादुर पुन, रणवहादुर थापा र रामवहादुर श्रीस सहित ५ सदश्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । नव गठित जिल्ला कार्य समितिले आज दिउसो पत्रकार सम्मेलन गरी सम्मेलनद्धारा पारीत कार्यनिति घोषणा गर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जिवन रानाले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग