Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ठेकदारको लापर्वाहीले निर्माणाधिन पुल अलपत्र

Published on 2:46:00 PM //


सीता भण्डारी,
अर्घाखांचीको बाँगीखोलामा निर्माणाधिन पक्कीपुल लामो समयसम्म सम्पन्न हुन नसक्दा अलपत्र परेको छ । ठेकदार पक्षको चरम लार्परवाहीका कारण निर्माणाधिन पक्की पुल लामो समयसम्म सम्पन्न हुन नसकी विचमै अलपत्र परेको हो । 
२०६४ सालमा ठेक्कापट भई २०६६ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने पुल पटक पटक सडक डिभिजन कार्यालय शिवपुरले म्याद थप्दा समेत ठेकदार पक्षले अटेर गरी विचमै कामरोक्दा अलपत्र परेको कार्यालयका इन्जीनियर राजेश कुमार यादवले जानकारी दिनुभयो । झन्डै २ करोडको लागतमा निर्माणाधिन वांगीखोला पुल निर्माणको जिम्मा ठेकदारकम्पनी इलाइट, एसविए, लम्जुडंकाली, साकुरा र बाबुल जेभीले लिएका थिए ।
पुल सम्पन्न नभएपछि अर्घाखांचीको सदरमुकाम सन्धीखर्क र चुत्रावेशी बजार आवतजावत गर्ने वासिन्दाले लामो समयदेखी सास्ती भोग्दै आएका  छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग