Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिलाई कटाई तालिम शुरु

Published on 7:12:00 PM //


सञ्जु थापा
"मान्छे मान्छे विचको विभेद र बौद्धिक वर्गको दातित्व भन्ने मुल" नाराका साथ स्थापित सालिमे दलित विकास मन्च वामीले सिलाई कटाई तालिम आईतवारदेखी शूरु गरेको छ । ३ महिनासम्म सन्चालन हुने सिलाई कटाई तालिमको हिजो एक कार्यक्रमका साथ उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका इलाका नँ.९का सभापति सुदर्शन शाक्य, एकीकृत नेकपा माओवादी वामीका सह-इन्चार्ज राजन सापकोटा, नेकपा एमाले वामी गाउँ कमिटीका सचिव नारायण सापकोटा, नेकपा माओवादीका लक्ष्मण खराल, नेपाली काँग्रेसका तेजीन्द्र जि.सी., रुद्रावती दलित साझा मन्च गुल्मी-बाग्लुङका उपाध्यक्ष भेष बहादुर नेपाली, कोषाध्यक्ष लक्ष्मण बराल, एकीकृत नेकपा माओवादी कुर्घाका अध्यक्ष कृष्ण बहादुर वि.क., वामी गा.वि.स. परिषद अनुगमन समितिका भुवन के.सी. लगाएतले बोल्नु भएको थियो । काँसीराम परियारको स्वागत मन्तव्य रहेको कार्यक्रम गोविन्द वि.क.  अध्यक्षता र दिनेश खातीको सँचालनमा सम्पन्न भएको थियो ।  


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग