Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुटपिट पीडितलाई क्लबको सहयोग

Published on 11:09:00 PM //


पि.एम.मगर
केही दिनअघि गुल्मीको सदरमुकाम तमघासका एक व्याक्तिको कुटाइवाट गम्भिर घाईते भई हाल काठमाण्डौको विर अस्पतालमा उपचार गराईरहेका जुद्धवहादुर विकलाई एक क्लवले आर्थिक सहयोग गरेको छ ।
पाँच दिन अघि तमघास सुकुम्वासी टोलका रामवहादुर विश्वकर्माको निर्घात कुटाईवाट गम्भिर घाईते भएका तमघास ३ धागिथुम निवासी जुद्धवहादुर विश्वकर्माको आर्थिक अवस्था निक्कै दयनीय रहेकोले उनलाई तमघासवाट रिफर गरी पाल्पा पठाईएको र पाल्पाले काठमाण्डौ लैजान सिफारिस गरेपछि विश्वकर्मा परिवारले आर्थिक अभावका कारण उनलाई घरमै फर्काएका थिए । 
उनको स्वास्थ्य अवस्था थप गम्भिर वन्दै गएपछि तमघास स्थित धागिथुम उदिनढुङ्गा युवा क्लवले पीडित विश्वकर्मालाई आर्थिक संकलन गरी ६० हजार रुपैयाँ सहयोग गरी वीर अस्पताल पठाएको हो ।  सल्लाहकार डोलवहादुर थापा र उदयवहादुर थापाको नेतृत्वमा अझै पनि विश्वकर्माको उपचारार्थ सहयोग संकलन कार्य जारी राखिएको छ । दैनिक सडकमा मजदुरी गर्दै जिविका चलाईरहेका विश्वकर्मा परिवारको तमघासमा वास मात्र रहेको र दुई चार हजार समेत निकाल्न नसक्ने अवस्था रहेकोले उनको उपचार सहयोगमा सवैको ध्यान जान जरुरी रहेको क्लवले जनाएको छ । 
उनको उपचारमा करिव २ लाख रुपैयाँ खर्च हुने भएकोले जिल्ला स्थित सवैसँग सहयोगको अपिल गरिएको क्लवका सल्लाहकार थापाले आग्रह गर्नुभएको छ । जुद्धवहादुरलाई कुटपिट गर्ने रामवहादुर विश्वकर्मा भने अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग