Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले पाईप बगायो, खानेपानिको हाहाकार

Published on 4:45:00 PM //


विष्णु पौडेल
विगत दुइहप्ता अघिदेखि विग्रेको मुसीकोट वडागाउँ खानेपानी योजना अझैसम्म मर्मत हुन नसक्दा खानेपानीको समस्या चर्को हुँदै गएको छ ।
पहिरोले योजनाको पाइप नेटा–३ कुसेपानीमा वगाउँदा मुसिकोट र वडागाउँ गाविसमा पानीको हाहाकार भएको हो । कुसेपानीमा वगाएको पानीको झण्डै २० मिटर जीआई पाइप मर्मत गरिएपनि नेटाकै अर्को ठाउँमा पनि पहिरोले पाइप वगाएपछि निर्माण कार्यमा ढिलाई भएको हो । उक्त पाइप वगाएको ठाउँ भीरमा अप्ठ्यारोमा परेकाले निर्माण कार्यमा ढिलाई भएकोे योजनका अध्यक्ष पृथ वहादुर थापाले जानकारी दिनुभयो । गुल्मीकै पश्चिीमी स्थान दुनमवाट ल्याइएको उक्त खानेपानी योजना करिव ३६ किलोमिटर लामो भएकाले वर्षाको समयमा पटक पटक विग्रने गरेपनि समयमै मर्मत कार्यमा ध्यान नदिँदा मुसीकोट र वडागाउँ गाविसका झण्डै ५ सय घरधुरीका उपभोक्ताहरु मर्कामा परेका छन् ।
नजिकमा खानेपानीको मुहान नभएका कारण एक मात्र पिउने पानीको आधार योजना विग्रेपछि स्थानीय वासीलाई झण्डै १ घण्टा लगाएर अन्यत्रै जानुपर्ने वाध्यता भएको मुसीकोटका स्थानीय शिक्षक कृष्ण भट्टराईले वताउनुभयो । यो खानेपानी योजना खानेपानी योजना गार्डेपको
पहलमा झण्डै १२ बर्ष पहिले निर्माण सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग