Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्राबेणी सडक खण्ड अवरुद्ध, एक घर पहिरोको जोखिममा

Published on 2:41:00 AM //


गगनशिला खड्का
अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड गएराती देखि अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत अश्लेवाको कमेरेमा पहिरो गएपछि उक्त सडक खण्ड अवरुद्ध वनेको हो । माथीवाट पहिरो झरेपछि सडक खण्ड अवरुद्ध हुँदा जिल्लाकै वामीटक्सार, शान्तिपुर, मजुवा, वाग्लुङ्को वुर्तिवाङ लगायतका स्थानवाट वुटवल काठमाण्डौ आवतजावत गर्ने सवारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरु मर्कामा परेका छन् ।
त्यस्तै सडक खण्डको विचमा पर्ने ताल खोला, लुम्दी खोला, जम्दी खोला, दहरे खोला, भार्से खोला लगायतका अन्य स–साना खोलामा आएको वाढिले पनि सडक सञ्चालमा थप समस्या सिर्जना गरेको छ । लगातार पानी परेका कारण खसेको पहिरो पन्छाउन नसकिएको वताइएको छ । यस्तै जोहाङ खैरेनीहुँदै रिडि जोड्ने सडकखण्डमा वस फँसेको छ । विहानै देखि वस फँसेपछि सडक खण्डमा यातायात अवरुद्ध भएको छ । सडकमाथीवाट खसेको लेदो माटोमा वस फँसेको हो । वस निकाल्नको लागी स्थानीय वासी, प्रहरीले प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकरी दिएको छ बाग्लुङ्गको दोश्रो ठुलो व्यापारीक केन्द्र बुर्तीबाङ्ग, खर्वाङ्ग, वामी लगााएतका स्थानमा पुग्ने यात्रु र सामानहरु अलपत्र परेका हुन । सो सडक खण्डको कमरेपानीमा सडक बनेको चौध बर्ष पुगीसक्दा पनि समन्धीत पक्षको बेवास्ताका कारण मोटरबाटो पटक—पटक अवरुद्ध हुने गरेको छ ।यसैविच बलिथुम गाविसमा एक घर पहिरोको जोखिममा परेको छ ।
बलिथुम गाविस वार्ड नं ९ छापटोला निवासी डम्वर बहादुर सर्तुङ्गीको घरमुनी बाट तम्घास हुदै गर्जुरा नेटा, देखी दोभान सम्म लैजाने मोटरबाटो खन्ने क्रममा डोजर लगाएपछि घर जोखिममा परेको हो । अझै केहि दिन सम्म अविरल बर्षा लगातार रुपमा पर्‍यो भने  सर्तृुङ्गीको घर पहिरोले बाटोमा बगाउन सक्ने स्थानीय वासिन्दा टीका गौतमले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग