Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाइरल ज्वरोका कारण एक वालिकाको मृत्यु, विरामीको सङख्या ह्वात्तै बढ्यो

Published on 3:30:00 PM //


गगनशिला खड्का
लगातार बर्षा, परिवर्तित मौसम तथा दुषित पानीका कारण केहि समय यता फैलिएको भाइरल ज्वरो तथा टाईफाइडका कारण गुल्मीमा एक वालिकाको मृत्यु भएको छ । भाईरल ज्वरो र टाईफाईडका कारण गुल्मीको सिमीचौर गाविस वार्ड न ४ निवासी ८ वर्षिय मनिषा सुनारको उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको सदरमुकाम तम्घासको जिल्ला अस्पत्ताल तम्घासमा उपचार गराईरहेकी सुनारलाई दुई दिन पछि जिल्ला अस्पत्ताल तम्घासले भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।
भैरहवा मेडिकल कलेजमा भर्ना भएकी सुनारको उपचारकै क्रममा मृत्यु भएको परिवारले बताएको छ । यससंगै जिल्ला अस्पत्ताल तम्घासमा भाइरल ज्वरो तथा टाईफाइडका बिरामीको सङख्या ह्वात्तै बढेको छ । गुल्मीको सदरमुकाम तम्घास लगायत गाउँ गाउँमा भदौको पहिलो हप्तादेखीनै भाइरल ज्वरो तथा टाईफाइडका बिरामीहरुको सङख्या ह्वात्तै बढेर बुधबार मात्रै जिल्ला अस्पत्ताल तम्घासमा २ सय २५ जना विरामी रहेको जिल्ला अस्पत्ताल तम्घासका सुचना अधिकृत बालकृष्ण श्रेष्ठले बताए । भाईरल ज्वोरोको प्रकोप फैलिएपछि उपचारका लागि स्वास्थ्य सस्थाहरुमा आउने बिरामीहरुको सख्या ह्रवात्तै बढेको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
यसरी अहिले स्वास्थ्य सस्थाहरुमा आउने बिरामीहरुमा ज्वरोे , टाउको , घाटीे, रुघाखोकीे ,झाडापखाला लाग्ने जस्ता समस्याहरु देखा परेको जिल्ला अस्पताल तम्घासका प्रमुख डा.डाक्टर हरि बहादुर के.सीले बताए । उनले अहिले सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पताल लगायत सदरमुकामका अन्य अपताल तथा गाउँ गाउँमा रहेका स्वास्थ्य सस्थाहरु र मेडीकलहरुमा बिरामीहरुको चाप बढरहेको बताए । केसीका अनुसार पहिले दैनिक ५० ÷६० जना सामान्य बिरामीहरु जिल्ला अस्पताल आउने गरे कोमा अहिले दैनिक २ सय २५ भन्दा बढी बिरामीहरु अस्पताल आउने गरेको बताए । उनले “यसरी दैनिक आउने १ सय ५० जना बिरामी मध्ये ५÷७ जना उपचारका लागि भर्ना हुने गरेका छन ,उपचारका लागि अस्पताल आउने बिरामीहरुलाई बेड नपुगेर भुईमा राखेर समेत उपचार गरिरहेका छौ , बिरामीहरु दैनिक भना र डिस्चार्ज हुने क्रम जारी रहेको छ के.सीले भने ।
गुल्मीमा १५ बेडको जिल्ला अस्पताललाई १४ बेड थपेर २९ बेड बनाइएको छ । अहिले २९ बेडले पनि नपुगेर बिरामीहरु भुइमा राखेर उपचार गर्नुपर्नै बाध्यता रहेको अस्पत्ताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल तम्घासमा गुल्मी, अर्घाखाची, प्युठान, बाग्लुङ्ग लगायतका जिल्लाका बिरामीहरु उपचार गराउन आउने गरेको जिल्ला अपताल तम्घासले जनाएको छ । यसरी जिल्लामा ज्वरो तथा टाईफाईडका बिरामीहरुको सख्या अघिल्ला महिनाहरुमा भन्दा दोब्बरले बढी रहेको जिल्ला अस्पताल तम्घासले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग