Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीद्धारा अपराधमा संग्लनहरु सार्वजनिक

Published on 3:58:00 PM //


ऋषिराज भुसाल/गगनशिला खड्का/शिव सुबेदी
गुल्मी साउन २०, बिभिन्न अपराधमा संलग्न ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यलय गुल्मीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि अपराधिहरुलाई सार्वजनिक गरेको हो । यसरी सार्वजनिक भएका अपराधिकहरुमा यही साउन ८ गते गुल्मी जिल्ला धुर्कोट रजस्थल गाविस वार्ड नम्बर २ का चन्द्रबहादुर थापाको ज्यान मुद्धामा सलग्न धुर्कोट रजस्थल ४ का ३० बर्षिय बिष्णु परियार, धुर्कोट रजस्थल ४ कै जय प्रताप थापा, धुर्कोट रजस्थल ५ का भोज बहादुर पारीयार रहेका छन भने जवरजस्ती करणी मुद्धामा खज्याङ्ग गाविस ९ का राम बहादुर बुचा, केही सार्वजनिक अपराधमा सग्लन बलेटक्सार गाविस ४ का हरि भुसाल, हुगाँ गाविस ५ का जित बहादुर खत्री, पिपलधारा गाविस ८ का बाबुराम थापा, दुवीचौर गाविस ३ का खुम बहादुर श्रीस, र हस्तीचौर गाविस ३ का बिष्णु कुवँर रहेका छन् ।
यसरी सार्वजनिक हुने मध्येका चन्द्र बहादुर थापाको ज्यान मुद्धामा सग्लन भएका जय प्रताप थापा यस भन्दा अगाडि पनि ६ महिना जेल बस्नुका साथै ५० हजार नगद जरिवाना तिरेर जेलबाट छुटेका थिए भने सोही मुद्धामा सग्लन भोज बहादुर परियार पनि बिभिन्न स्थानहरुमा चोरी गरेको अभियोगमा पक्राउ परि जरीवान तिरेर छुटेका थिए । अपराधमा सलग्न भएका यी ब्यक्तिहरुको अनुसन्धान भैरहेको प्रहरी कार्यलयमा सुचना अधिकृत प्रहरि निरीक्षक श्यामु अर्यालले पत्रकार भेटघाट कार्यक्रममा बताएका छन ।
अपराधहरु सार्वजनिक गदै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राज कुमार बैदवारले जिल्लाको शान्ति सुरक्षाका लागि जस्तो जुकै त्याग र बलिदान गर्न जिल्ला प्रहरी तयार रहेको बताएका थिए । कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, जिल्ला कारगार प्रमुख कृष्ण प्रसाद अधिकारी जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको सहभागीता रहेको थियो । अपराधमा सलग्न भएका यी ब्यक्तिहरुको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलयमा सुचना अधिकृत प्रहरि निरीक्षक श्यामु अर्यालले पत्रकार भेटघाट कार्यक्रममा बताएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग