Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तैयारी नपुगेको भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगीत

Published on 3:37:00 PM //

सीता भण्डारी
आगामि असोज महिनामा हुने भनिएको विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तैयारी नपुगको भन्दै स्थगीत गरीएको छ ।
जिल्ला खेलकुद विकास समिती गुल्मीले आगामि असोज ३, ४ र ५ गतेका दिन गुल्मी जिल्लाका बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता गर्ने निर्णय गरेको थियो । खेलकुद विकास समिती गुल्मीले गरेको उक्त निर्णयको बारेमा बिहीबार बसेको बृहत भेलाले समय अत्यन्तै छोटो भएको तथा तयारीहरु नभएको भन्दै केही समय पछाडी सार्नुपर्ने भन्दै स्थगीत गरिएको हो । 
प्रतियोगीताका लागि बिद्यालयहरु सगँ सहकार्य गर्नका लागि जिल्ला शिक्षा कार्यलय सगँ सर–सल्लाह गरेर मात्र प्रतियोगीता कहिले गर्ने भन्नेमा मिती निधारण गर्ने निर्णय गदै भेला सम्पन्न भएको हो । भेलामा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार, अनुसन्धान प्रमुख बिमल डङ्गोल, कालिदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा, लगायत बिभिन्न राजतिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, सघंसस्थाका प्रतिनिधी, सञ्चारकर्मी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग