Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतले झन्डै ४ करोडको लागतमा बिद्यालय भवन बनाइदिने

Published on 9:45:00 AM //


रुरु रिडी नेटवर्क
भारतीय राजदुताबासको ३ करोड ९३ लाख रुपैयाको सहयोगमा रिडीको सँस्कृत तथा साधारण माबीको नयाँ भवन बन्ने भएको छ । गत आस्विन २७गते ग्रामीण बिकास तथा भवन निर्माण बिभाग पाल्पा, सँस्कृत  तथा सधारणा माबी, रिडी र भारतीय राजदुताबासका बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार दुतावासले तीन तले,करीब ४०० विद्यार्थी क्षमता भएको भवन निर्माणका लागि ३ करोड ९३ लाख रुपैया उपलब्ध गराउने छ । नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको उक्त भवनको निर्माण ग्रामीण बिकास तथा भवन निर्माण बिभाग,पाल्पाले गर्नेभएको छ । गुल्मीमा यो भारत सरकारको पाँचौ बिकास परीयोजना हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग