Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमै जग्गा हातको ३ देखी ५ लाख रुपैँया, धमाधम प्लटिङ हँदै भिराला जग्गा

Published on 6:00:00 PM //

शिवलाल सुवेदी 
देशभर जग्गा किनबेचमा कमी आइरहेको बेला गुल्मीको सदरमुकाम तम्घासमा भने जग्गा किनबेच बढिरहेको छ ।जिल्लाको सदरमुकाम तम्घास लगायत ४ गाविसलाई समेटेर सरकारले नगरपालिका घोषणा गरे लगत्तै सदरमुकाम तम्घास लगायत आसपासका गाविसहरूमा जग्गाको किनबेच बढिरहेको हो । सदरमुकाम तम्घासमा अहिले सडक छेउछाउका घडेरीहरू किनबेच भएर सकिएपछि सदरमुकाम तम्घासको माथिपट्टि तथा छेउछाउका व्यक्तिगत जंगल समेत घडेरीका लागि धमाधम प्लाटिङ हुन थालेका छन् ।
सदरमुकाम तम्घास बजारका मुख्य सडक छेउछाउका जग्गाहरूमा प्लटिङ गरेर सकिन लागेपछि तम्घासका भिराला तथा नगरपालिकाभित्र पर्ने अर्खले, सिमीचौर, दुबिचौर लगायतका गाविसका जग्गाहरू समेत धमाधम घडेरीका लागि बिक्री हुन थालेका छन् । यसरी नगरपालिका घोषणा भए लगत्तै जग्गाको मूल्य समेत आकासिएको छ ।सदरमुकाम तम्घासलाई नगरपालिका घोषणा गर्नु तथा रोजगारीका लागि विदेश गएका अधिकांशले सदरमुकाममा घडेरी किन्ने लहर चलेपछि तम्घास लगायत नगरपालिका भित्रका जग्गाको मूल्य आकासिएको हो । सदरमुकाम तम्घासमा जग्गाको कारोबार बढ्न थालेपछि जग्गा कारोबार गर्नेहरूको संख्या समेत बढेको छ ।
अहिले सदरमुकाम तम्घासका शाखा सडकहरूमा रहेका घडेरीको १ हातको १ लाखभन्दा बढी रूपैयाँ पर्ने गरेको तथा मुख्य सडकमा हातको ३ लाखदेखि ५ लाख रूपैयाँसम्म पर्ने गरेको छ । मालपोत कार्यालय गुल्मीका अनुसार केही विकसित सहरमा भन्दा गुल्मीको सदरमुकाम तम्घासमा जग्गाको मूल्य बढी भएको छ । जग्गाधनीहरूले जति मूल्य तोके पनि घडेरी किन्नेले खरिद गरेपछि जग्गाको मूल्य एकाएक बढेको हो । तम्घासमा छिमेकी जिल्ला अर्घाखाँची तथा रूपन्देहीबाट समेत आएर मानिसहरुले घडेरी किन्ने गरेका छन् । घडेरीको खरिदबिक्री बढेपछि मालपोत कार्यालयमा घडेरी तथा जग्गा पास गर्नका लागि दैनिक ८÷१० जना आउन थालेको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग