Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले क्षेत्र नं. ३ को बैठक सम्पन्न

Published on 6:36:00 PM //

नरेश भण्डारी
नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. ३ गुल्मीको सचिवालय बैठक हिजो र आज अर्जैको पोखरा बारिमा सम्पन्न भएकोछ । सो पार्टीका राष्टिय प्रतिनिधि परिसद्का सदस्य टोमलाल पाण्डे, जिल्ला सचिव सोमनाथ सापकोटा, र जिल्ला सल्लाहकार कमिटी सदस्य शेरबहादुर के.सी.ले प्रशिक्षण मन्तव्य राखेको बैठकको अध्यक्षता कमिटका अध्यक्ष लक्ष्मण पराजुलीले गरेका थिए । बैठकले सो पाटीको दोस्रो क्षेत्रीय अधिवेशन २०६८ फागुन ६ र ७ गते अर्जै पोखराबारीमा सम्पन्न गर्ने, पुसको २१ गतेदेखि २६ गते सम्म पौदिअमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्दी, अर्खाबाङ्ग, घमिर र अग्लुङ्गमा संगठन सुदृढिकरण तथा विस्तार अभियान सञ्चालन गर्ने र पुस ३० गते निर्वांचन क्षेत्रीय कमिटिको बैठक बस्ने लगायतका निणय गरेकोछ । यस अघि पुस ९ र १० गते गर्ने भनेको अधिवेशन स्तगित गरेर मौसमी प्रतिकुलकाका कारण फागुन ६ र ७ गते अर्जै पोखराबारीमा सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका क्षेत्रीय सचिव नविन शर्माले जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग