Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्राह्मण समाज नेपाल गुल्मीमा पुन: शशी पन्थी

Published on 4:39:00 AM //

विष्णु पौडेल
फाइल तस्बिर: तारा भुषाल
वाह्मण समाज नेपाल गुल्मीको प्रथम अधिवेसनवाट अध्यक्षमा पुन शशी पन्थी सर्वसहमत चयन हुनुभएको छ । आज सदरमुकाम तम्घासमा भएको अधिवेसनले पन्थीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिती चयन गरेको छ । समाजको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, सचिवमा चोलराज शर्मा, सह सचिवमा अजय पन्थी र कोषाध्यक्षमा दुर्गा प्रसाद पाण्डे चयन हनुभएको छ । समितीका २ जना सदस्यलाई पछि मनोनयन गरिने समाजले जनाएको छ ।
हिमाल पहाड तराई, कोही छैन पराई, हामी सवैको घर नेपाल, विविध भेषभुषा, सवै भाषाभाषि, हामी सवै एउटै देशवासी भन्ने नाराका साथ सम्पन्न अधिवेसनको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिनी, राजनितीक दलका प्रतिनीधी, विभिन्न गाउँ समितीवाट आएका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग