Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबिधानसभा बिघटन हुनुको प्रमुख कारण सघियंता: राष्ट्रिय जनमोर्चा

Published on 10:22:00 PM //


मनोज बस्नेत
सबिंधान निर्माण नगरी सबिधानसभा बिघटन हुनुको प्रमुख कारण सघियंता रहेको राष्ट्रिय जनमोर्चा गुल्मीले सदरमुकाम तम्घासमा गरेको कोण सभाका बक्ताहरुले बताएका छन् । त्यसैले सबिधान सभा बिघटन गर्ने सघिंयातालाई खारेज नगरेमा सघिंयताले देशलाई नै खारेज गर्ने बक्ताहरुले चेतावनी दिएका छन् । सबिंधान नबन्नुको प्रमुख कारण ठुला राजनितीक पार्टीहरुको सबिंधान निमार्ण भन्दा पनि सत्ताको खिचातानी र सघियता पक्षधरहरु बिचको अन्तरबिरोध भएको उनिहरुले बताएका छन् ।
बर्तमान प्रधानमन्त्रीले अन्तरीम सबिांनको मर्म र भावना विपरीत स्वेच्छाचारी किसीमले पुन चुनावको घोषण गरेकोमा प्रधानमन्त्रीको चर्को आलोचना गर्दै शान्ती र सबिांन निमार्णको लागी प्रधानमन्त्रीलार्य दिएको सर्मथन फिर्ता लिएको उनिहरुले जानकारी गराएका छन् । तम्घास भिमचोकमा आज साझँ भएको सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति गुल्मीका सह–सचिव कमल अर्याल र अनेरास्वीयु छौठौंका पुर्व केन्द्रिय सदस्य योगेन्द्र काउछा लगाएतले सबोंधन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग