गुल्मीमा अधिकाशं कोचिङ्ग सेन्टर अबैध, ग्यारेण्टी पासको झुटो प्रचार
Published on
8:14:00 PM //
शिबलाल सुबेदी
के तपाई एसएलसी परिक्षामा फेल भएर निरास हुनुहुन्छ ? अथवा तपाई एसएलसी पुरक परिक्षामा पर्नु भएको छ ? चिन्ता किन ? तपाईलाई ग्यारेन्टीका साथ हामी पास गराउँछौँ............यस्ता विज्ञापन गुल्मी जिल्लाका विभिन्न सञ्चार माध्यमवाट प्रशारण भईरहेका छन् । यि विज्ञापन हुन गुल्मीको सदरमुकाम तम्घासमा रहेका अधिकांश कोचिङ्ग सेन्टरका । बिद्यार्थीहरुलाई कसरी आर्कषण गर्न सकिन्छ भनेर भए-नभएका सेवा सुबिधाको प्रचार प्रसार गर्ने कोचिङ्ग सेन्टरहरु भने आफै नै अबैध रुपमा सञ्चालन हुदै आएका छन । सदरमुकाम तम्घासमा खुलेका कोचिङ्ग सेन्टरमध्ये १ दर्जनभन्दा बढी अवैध हुदाँ समेत यहाँको सम्बन्धित निकाय मौन वसेको छ ।
लामो समय देखि अवैध रुपमा सञ्चालनमा रहँदै आएका यी कोचिङ्ग सेन्टरहरुले मनपरि बिज्ञापन तथा शुल्क लिदाँ समेत यहाँ न जिल्ला शिक्षा कार्यलयले नै कुनै कारवाही गरेको छ, न त जिल्ला प्रशासन कार्यलयले नै । यसरी जिल्लामा अवैध रुपमा बिभिन्न क्रियाकलाप सञ्चालन हुदाँ समेत कुनै निकायले कारवाही नर्गदा यस्ता अवैध रुपमा सञ्चालनमा आएका कोचिङ्ग सेन्टरहरु लाई थप प्रोत्साहन मिलेको छ । यो समाचार तयार पार्दा सम्मा जिल्ला शिक्षा कार्यलय गुल्मीको रेकर्ड अनुसार जिल्लामा फरवार्ड एकेडेमीले मात्र कोचिङ्ग सेन्टरको अनुमती लिएको छ भने अन्य ४ वटा कोचिङ्ग सेन्टरहरुले अनुमतीका लागि प्रकृयामा रहेको छन् । जिल्लाको सदरमुकाम तम्घासमा अहिले डेढ दर्जन भन्दा बढी कोचिङ्ग सेन्टरहरु सञ्चालनमा छन ।
