Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पार्टी फुटेपछि बैद्य पक्षमा लाग्नेहरु खुल्दै

Published on 8:20:00 PM //


घनश्याम गौतम, ५ असार(गुल्मी)
एकिकृत नेकपा माओवादी आजदेखि औपचारीक रुपमा फुटेको छ । नयाँ गठन गरिएको पार्टीका अध्यक्ष मोहन बैद्यले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी एकिकृत माओवादी संसदबादमा फसेकाले त्यसको विरुद्धमा नेकपा, माओवादी गठन गरिएको जानकारी दिनु भएको हो । नयाँ पार्टी घोषणासंगै गुल्मी जिल्लामा पनि माओवादीका पुर्व सेक्रेटरी समेत रहनु भएका जिवलाल पन्थी ‘रेशम’ सहित  आधा दर्जन राज्य समिति सदस्य र जिल्ला सदस्यहरु नयाँ पार्टीमा खुलेका छन् ।
पछिल्लो समय नयाँ पार्टीमा खुलेर लागेका माओवादीका राज्य समिति सचिवालय सदस्य समेत रहेका बिरबहादुर कार्की ‘चाहाल’का अनुसार नयाँ पार्टीमा राज्य समिति सदस्यहरु दलबहादुर पुन ‘प्रवेश’,  गोविन्द वि.क. ‘आकाश’, शरद क्षेत्री ‘संजय’, इश्वर ज्ञवाली, चित्रबहादुर के.सी. ‘संगम’, जिल्ला सदस्यहरु शालिकराम ज्ञवाली ‘सन्तोष’, फटिक सुनार ‘चट्याङ’ खुलेर बैद्य पक्षमा लाग्नु भएको छ ।

जिल्लामा बैद्य समुहको इन्चार्ज भएर आउन लागेको हल्ला चलेको भएपनि कार्कीले आफु इन्चार्ज नहुने बताउनु भयो । उहा“ले गुल्मी जिल्लाका लागि प्रवास वा गुल्मी जिल्ला बाहिर बसेर जिम्मेवारी निर्वाह गरेका व्यक्ति नै जिल्ला इन्चार्ज भएर आउने बताउनु भयो । उहाँले जिल्लामा कार्यरत जिम्मेवार नेता समेत आफुहरुको पार्टीमा आउन लागेको बताउँदै संगठित नबन्दासम्म उहाँहरुको नाम सार्वजनिक गर्न नमिल्ने दावी समेत गर्नु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग