करोडौं पर्ने हीरासहित तीन नेपाली चोरहरु भारतमा पक्राउ
Published on
11:45:00 AM //
रायपुर (भारत), अषाढ ३ - छत्तीसगढ राज्यको दुर्ग जिल्लामा भारतीय प्रहरीले दुई करोड भारतीय रुपैयाँ बराबरको हीराका साथ तीन नेपाली युवालाई पक्राउ गरेको छ ।
दुर्ग जिल्लाका एएसपी प्रशान्त ठाकुरका अनुसार ३० वर्षीय पशुपति नाथ, २५ वर्षीय वीरेन्द्रबहादुर र २८ वर्षीय सुभास खड्का छन् । उनीहरुको साथबाट दुई करोड ३५ हजार भारतीय रुपैयाँको हीरा तथा प्लेटिनम रिङ बरामद भएको ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ परेका युवकको साथमा १३.११ क्यारेटको हीरा र ६.९ ग्रामको प्लेटिनम रिङ बरामद भएको हो । हीराको मोल करिव दुई करोड भारु छ भने रिङको ३५ हजार भारु पर्दछ ।
.jpeg)