Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ल्यान्डलाइन फोनको बक्यौता रकम नतिरेकाहरुलाई कालो सुचिमा राखिने

Published on 7:33:00 PM //


अनिल खत्री
नेपाल टेलिकम गुल्मी शाखाले ल्यान्डलाइन फोनको बक्यौता रकम नतिरेकाहरुलाइ १५ दिन भित्रमा नतिरे कालो सुचिमा राख्ने जनाएको छ ।
गुल्मी जिल्लामा हाल बिभिन्न संघ संस्था र ब्यात्ति गरी करिब १२९ ग्राहकबाट रु ३७ लाख ३० हजार ३ सय २० रुपीया उठन बाकी रहेको टेलिकम शाखा कार्यलय गुल्मीका प्रमुख उमनाथ पोखरेलले जानकारी दिनु भयो । १५ दिन भित्रमा तिर्नु पर्ने रकम नतिरेमा पत्रकार सम्मेलन गरि नतिर्ने ब्यात्ति तथा संघ संस्थाको नाम ठेगाना सहित कालो सुचिमा राख्ने बताउनु भयो । छ महिना यता महसुल नबुझाएका मध्ये बिभिन्न संघ संस्था र ब्यात्ति गरि न्यूनतम रु ३ हजार देखि अधिकतम रु २ लाख ८१ हजार ३ सय १० सम्म रहेको नेपाल टेलिकम शाखा कार्यलय गुल्मीका प्रमुख उमनाथ पोखरेलले जानकारी दिनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग