अवरुद्ध सडक संचालनमा नआउँदा मानिसहरु समस्यामा
Published on
9:05:00 PM //
जनार्दन घिमिरे
गुल्मी, २४ असार । अविरल वर्षाको कारण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध वनेको गुल्मीको रिडी—रुद्रवेणी सडक सुचारु हुन नसक्दा त्यस क्षेत्रका हजारौं मानिसहरु यतिवेला समस्यामा परेका छन् । सडक अवरुद्ध भएको दुइदिन सम्म पनि स्थानीय प्रशासन र उपभोक्ता समितिले सडक संचालन गर्नकोलागि खासै चासो नदेखाएका कारण त्यस क्षेत्रमा मानिसहरु थप समस्यामा परेका हुन् ।
सडक सुचारु गर्न कसैले पहल नगरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । कहिले सम्म सडक सुचारु हुन्छ भन्ने विषयमा मानिसहरु अनविज्ञ छन् । तर प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले भने सडक सुचारु गर्नको लागि पहल भईरहेको भन्दै भोली अपरान्हसम्ममा उक्त सडक सुचारु हुने जानकारी दिनु भएको छ । सडक क्षेत्रको धेरै स्थानहरुमा पहिरो खसेका कारण कामदार लगायर सडक सुचारु गर्न समस्या भएकोले डोजरको प्रयोगगरि अवरुद्ध सडक हटाउने तयारी गरेको वताउनु भयो । रुद्रवेणी सडक खण्ड अन्र्तगत ग्वादी गाविस ५ स्थित साँघुरे र अश्लेवा गाविस स्थित कमेरेपानी लगायत एक दर्जन भन्दा वढी स्थानमा सडक माथिवाट पहिरो खसेपछि सडक अवरुद्ध वनेको हो ।गुल्मी जिल्लामा सवै भन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध वनेपछि वुटवलवाट वामीटक्सार हुँदै वुर्तिवाङ्गसम्म आवत जावत गर्ने सम्पूर्ण सवारी साधनहरु रिडी र रुद्रवेणीमा अलपत्र परेका छन् भने यात्रुहरु भने पैदलै हिडेर गन्तव्यमा पुग्ने गरेका छन् । यसैगरी अविरल वर्षाको कारण सडक विग्रियपछि गुल्मी तम्घास सिमलटारी सडक खण्ड पनि गत तीनदिनदेखि अवरुद्ध वनेको छ । उक्त सडकहरुमा सवारी साधनहरु संचालन हुन नसक्दा सदरमुकाम आवत जावत गर्न मानिसहरु समस्यामा परेका छन् ।









