Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डोजर लगाएर बाटो खन्दा, दिब्रुङका २ दर्जन घरहरु उच्च जोखिममा

Published on 9:56:00 PM //


प्रेम सुनार
साउन १९, गुल्मी । डोजरले मोटरबाटो खनेको एकवर्षपछि गुल्मी दिब्रुङको सदियौं पुरानो र पक्की वस्ती करौदी गाउँ यतिववेला पहिरोले उच्च जोखिममा परेको छ । त्यस गाउँका करिव २ दर्जन घर उच्च जोखिममा परेका छन् भने १ घर परिवार १ महिना अघि नै विस्थापित भैसकेका छन् । दिब्रुङ–९ का प्रेमनारायण खरेल विस्थापित भई छिमेकीको घरमा शरण लिँदै आउनु भएको छ । त्यस्तै भिमलाल खरेल, ओमप्रसाद श्रेष्ठ र खड्गबहादुर गुरुङ विस्थापित हुने तयारीमा हुनुहुन्छ भने अन्य २० भन्दा बढि घर जोखिममा परेका छन् ।
गुरुङको सुक्रवार करौदीगाउँको शिरबाट खसेको पहिरोले गोठ बगाएको छ । त्यस पहिरोले गुरुङ लगायत झण्डै २ दर्जन घर जोखिममा पारेको हो । दिब्रुङ गाविसदेखि वडा नं–९ को लुग्दी निउरेनी मोटरबाटो डोजरले खनेपछि गत वर्षदेखि नै स्थानियवासी त्रासमा रहेको र यसपालीको वर्षायाम भित्रिए लगतै रातमा निदाउन नसकेको स्थानियवासी समेत रहेका संचारकर्मी घनश्याम खरेलले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग