Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी सडक अवरुद्ध, नदिको सतह वढ्यो, वस्तीहरु उच्च जोखिममा (भिडियो सहित)

Published on 10:24:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १९ साउन । अविरल वर्षाको कारण पहिरो जाँदा आज अपरान्हदेखि गल्मीको रिडी-रुद्रवेणी सडक खण्ड अवरुद्ध वनेको छ । रिडी रुद्रवेणी सडक खण्ड अन्तर्गत रुरु गाविस ३ स्थित पुलक्याम्प र ग्वादी गाविस ५ स्थित साँघुरेमा पहिरो खस्दा उक्त सडक अवरुद्ध वनेको हो । सडक अवरुद्ध वनेपछि अहिले त्यस क्षेत्रमा सवारी साधनहरु संचालन हुन सकेका छैनन् । गए रातिदेखि लगातार रुपमा पानी परिरहेका कारण पानी नरोकएसम्म सडक संचालन हुन नसक्ने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक विनीमहादेव पौडेलले वताए ।
जिल्लामा सवैभन्दा वढी सवारी साधनहरु संचालन हुने उक्त सडक वर्षाका कारण पहिरो खस्दा पटक पटक अवरुद्ध वन्दै आएको छ । यसैक्रममा अविरल वर्षाको कारण गुल्मीको वढीघाट खोला, हुग्दी खोला र काली गण्डकी नदीको सतह वढ्दै जान थालेको छ । नदीको सतह वढ्दै जान थालेपछि रिडीको ऋशीकेष मन्दिर नजिकै वगरमा रहेका घरटहराहरु उच्च जोखिममा परेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । नदिको सतह वढ्दै गएर वस्तिमा वाढी पस्न थालेपछि अहिले उक्त क्षेत्रका मानिसहरुलाई प्रहरीले सुरक्षित स्थानमा सार्न थालेको छ । वर्षाका कारण गुल्मी जिल्लाका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरुमा समेत यातायात सेवा अवरुद्ध वनेको छ ।
अबिरल बर्षा पश्चात हुग्दिखोलामा आएको बाढी । फोटो: तेजेन्द्र थापा
हुग्दिखोलाको पानीको सतह बढेपछी शान्तिपुर स्थित पुलबाट नियाल्दै स्थानिय । फोटो: तेजेन्द्र थापा  
अबिरल बर्षा पश्चात बढीघाट खोलामा आएको बाढिको भिडियो । भिडियो: रविलाल पौडेल, भुवाचिदी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग