Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मामासंग बिहे गर्ने भान्जीलाइ २४ वर्षपछि पक्राउ

Published on 11:12:00 AM //


गोरखा, असोज १, कानुनले कसैलाइ छड्दैन भनेको हो रैछ ।

चौविस वर्षअघि नै अदालतले ८ महिना ६ दिनको कैद सजायँ सुनाए पनि फरार एकजना अभियुक्तलाई गोरखामा प्रहरीले पक्राउ गरेको छ । आफ्नै मामा नाता पर्नेसंग बिहे गरेको कारण कैद सजायँ तोकिएका गोरखा धुवाकोट गाउँ विकास समिति वडा नं ५ बस्ने ४५ वर्षिया भक्तिमाया नहर्कीलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक मल्लका अनुसार मुद्दाको फैसला भएको धेरै समय भए पनि जिल्ला अदालत गोरखाले गत असार १२ गते पक्राउ गर्न भनी प्रहरीलाई पत्र पठएको थियो । अदालतको पत्र अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरखा जिल्ला अदालतले भक्तिमाया र उनका श्रीमान दुवै जनालाई २०४५ साल पुस २२ गते ८ महिना ६ दिन कैद फैसला गरेको थियो । भक्तिमायाका श्रीमानको यसअघि मृत्यु भइसकेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग