Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नागरिक सुरक्षा तथा सचेतना अभियान

Published on 5:35:00 PM //



जनार्दन घिमिरे
गुल्मी, १२ असोज । गुल्मी जिल्लाका विभिन्न संघ संस्थाहरुको सहयोगमा सदरमुकाम तम्घासमा नागरिक सुरक्षा तथा सचेतना र्यालीको आयोजना गरिएको छ ।
आम नागरिकहरुलाई विभिन्न घटनाको वारेमा जानकारी गराउँदै दूर्घटना न्यूनिकरणका लागि कसरि सुरक्षा अपनाउन सकिन्छ भन्ने उद्देश्यले उक्त सचेतना अभियान कार्यक्रम संचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कालीदत्त गुल्म, उद्योग वाणिज्य संघ लगायत विभिन्न विद्यालयहरुको पहलमा उक्त कार्यक्रम संचालन गरिएको हो । तम्घास स्थित लाकुरी मञ्चवाट शुरु भएको सचेतना र्यालीले विभिन्न चेतनामूलक नाराहरु लगाउँदै वाजागाजाका साथ वजार परिक्रमा गरेको थियो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जवसम्म नागरिकहरुमा चेतनाको विकास हुँदैन तवसम्म उनीहरुमा सुरक्षाको समेत प्रत्याभूति नहुने भन्दै सामाजिक सचेतनाको अभियानमा सवै सचेत र सजक हुनु पर्ने वताउनु भएको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग