Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘पत्रकार बहुरुपी भएर विश्वास घट्न थाल्यो’

Published on 1:44:00 PM //


भरत पाण्डेय, गुल्मी । पेशागत मर्यादामा भन्दा पनि पछिल्लोपटक पत्रकारहरु बहुरुपी भएकोले यसप्रति जनविश्वास घट्न थालेकोले गुल्मीका राजनैतिक दल र सरकारी कर्मचारीहरुले सचेत गराएका छन् । पत्रकारले पत्रकार महासंघको सँगै राजनैतिक दल, संघ संस्था र अन्य विभिन्न पेशाकर्मीको परीचय पत्र राख्ने र जुन ठाउँमा जे आवस्यक पर्छ त्यही रुपमा प्रस्तुत हुने प्रबृतिले पत्रकारको विश्वास घटेको भन्दै यसतर्फ सचेत बनाएका छन् ।

नेपाल पत्रकार महासंघ गुल्मीको पााचौं साधारण सभामा शुभकामना दिँदै बक्ताहरुले पत्रकारीता जस्तो गरीमामय पेशामा संलग्नहरु संधै पेशागत मर्यादाभित्र रहेर काम गर्न पनि उनीहरुले सुझाव दिएका छन् । राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरु संधै सत्यको पक्ष र असत्यको विपक्षमा लाग्नुपर्ने भएकोले पेशागत मर्यादाविना यो संभव नभएको उनीहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन चापागाईंले पत्रकारहरु कुनैसँग नजिक र कुनैसँंग ढाढाको व्याबहार गरेको जस्तो देखिएमा बढी असुरक्षित बन्ने भएकोले यस्तो व्याबहार तत्काल अन्त्य गरी पेशागत मर्यादाभित्र रहन सुझाव दिनुभयो । उहाँले अन्य पेशा व्यावशायमा संलग्न व्यक्तिहरुलाई पत्रकारीताबाट टाढै राखी व्यावसायीक पत्रकारहरुलाई प्रोत्साहन गरी दक्ष पत्रकार स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पत्रकार कुनै राजनैतिक दल, कर्मचारी वा संघ संस्था संघ नजिक वा टाढा रहेर हिँड्न नहुने भन्दै सबैसँग समान सम्बन्ध स्थापित गरेर काम गरेमा बढी उसको समाचार विश्वासिलो मान्न सकिने सुझाव दिनुभयो । “पत्रकार, कर्मचारी र राजनैतिक दलहरु संधै मिलीरहने चिज होईन, – उहाँले भन्नुभयो – कसैसंग नजिक र कसैसंग ठाढा भन्दा पनि सन्तुलनमा रहनुपर्ने बताउनुभयो ।”
पत्रकारीता गर्नेहरुलाई मात्र पत्रकार महासंघको सदस्यमा कायम राखी पेशागत मर्यादामा रहनेलाई मात्रै पत्रकार महासंघमा आवद्ध गरी पत्रकारीता पेशालाई मर्यादित बनाउन स्थानिय विकाश अधिकारी हरी ज्ञवालीले सुझाव दिनुभयो ।

कार्यक्रममा गुल्मी जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले पत्रकारहरु आफूले आस्था राख्ने राजनैतिक दलको नजिक रहेर समाचार लेख्दा बढी विबादित हुने गरेको स्विकार गर्दै आफूहरुले पत्रकारलाई आफ्नो हित अनुकुल हुने गरी आगामी दिनमा प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले पत्रकारहरु व्यावसायीक र पेशा प्रति मर्यादिन बन्नु पर्नेमा जोड दिादै ईमान्दार र व्यावसायीकतालाई प्रोत्साहन गर्न उद्योग वाणिज्य संघले पत्रकारीता पुरस्कार कोष स्थापनाको घोषणा गर्नुभयो । पछिल्लो राष्ट्रिय महाधिवेशन पछि नेपालका शाखाहरु मध्ये पहिलोपटक साधारण सभा गरेको पत्रकार महासंघले आगामी दिनमा पेशागत मर्यादालाई कायम राख्ने प्रतिवद्धता सहित पत्रकारको हक अधिकार सुरक्षा र क्षमता अभिबृद्धिका कार्यक्रम सहित सचिव भरत पाण्डेले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषध्यक्ष नरेश भण्डारीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारीत गरको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग